खोटाङः पाँच तहमा एमाले, चारमा कांग्रेस र १ मा माअोवादी

July 2, 2017

खोटाङ । खोटाङका १० वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार एमालेले एक नगरपालिकासहित ५ तहमा जितेको छ ।

यस्तै कांग्रेसले एक नगरपालिका सहित ४ र माओवादी केन्द्रले १ तहमा जित हासिल गरेका छन् । रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, लामीडाँडा गाउँपालिका र केपीलासगढी गाउँपालिकामा एमाले विजयी भएको हो ।

यस्तै, कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा विजय जितको हो भने माओवादी केन्द्र भने साकेला गाउँपालिकामा विजयी भएको छ ।

सम्बन्धित समाचार