एमाले कार्यकर्ताद्वारा खुकुरी प्रहार, कांग्रेस कार्यकर्ता गम्भीर घाइते

June 26, 2017

अछाम । मेल्लेख गाउँपालिकाको सरानी गाउँमा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् । सोमबार विहान विवाद हुँदा एमालेका चार कार्यकर्ताले कांग्रेसका दुई कार्यकर्तालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

कांग्रेस कार्यकर्ता युवराज खड्का र प्रकाश खड्का खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । उनीहरूलाइ एमाले कार्यकर्ता हेमराज खडका, केशर खड्का, उमेश खड्का र कृष्ण खड्काले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइतेहरू टाउकोमा छ–सात ठाउँमा चोटपटक लागेको र बायाँ हात भाँचिएको प्रहरीले जानकारी दिएको छ । घाइतेद्वय सहोदर दाजुभाई हुन् । ढुंगा प्रहारबाट महेश र प्रकाशको आमा ललितादेबि खड्कासमेत घाइते भएकी छन् । घाइतेसँगै कुटपिटमा संलग्न चारै जना खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार