किशोर पहाडी पद्मा रामचन्द्र लघुकथा सम्मानबाट पुरस्कृत

August 22, 2017

ललितपुर । साहित्यका किशोर पहाडी पद्मा रामचन्द्र लघुकथा सम्मानबाट पुरस्कृत भएका छन् । नवाैं लघुकथा दिवसको अन्तिम दिन पुल्चोकस्थित साटोआकी स्मृति भवनमा अायोजित समापन कार्यक्रममा शताब्दीपुरूष सत्यमोहन जोशीले उक्त सम्मान र पुरस्कार हस्तान्तरण गरेका हुन् ।

लघुकथा समाजले पहाडीलाइ २० हजार नगदसहित सम्मान गरेको हो । सम्मानित भएपछि पहाडीले जिन्दगीमा अाफुले पुरस्कार पाइन्छ भन्ने नसोचेको र नसोचेको कुरा पुरा भएकोमा अाैधी खुसी लागेको प्रतिक्रिया दिए । उनले लघुकथासमेत सुनाएका थिए ।

लघुकथा समाजका उपाध्यक्ष धुर्व मधुकर्मीको स्वागतपछि सुरू भएको कार्यक्रममा विभिन्न लघुकथाकारद्वारा लिखित लघुकथा संग्रह ‘अाजका लघुकथा’समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा लघुकथामा विद्यावारिधी गरेका डा पुष्करराज भट्टसमेत सम्मानित भए ।

 

सम्बन्धित समाचार