कोरियामा सम्पन्न युथ मार्सल आर्टसमा नेपाललाई ३ स्वर्णसहित १९ पदक

November 7, 2017

काठमाडाैं । दक्षिण कोरियाको जिन्छन शहरमा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस् मास्टरशिपमा नेपालले ३ स्वर्ण सहित १९ पदक हात पारेको छ ।

५५ केजी समूहबाट सशिन मुक्तान, ५० केजी समूहबाट अस्मिता खड्का र ७० केजी समूहबाट दिपेन्द्र वोगटीले स्वर्ण पदक हात पारेका हुन् । १० मुलुकका खेलाडि सहभागी उक्त खेलमा नेपालले ३ स्वर्ण, ६ रजत र १० काश्य पदक हात पारेर दोश्रो स्थान हासिल गरेको थियो ।

नेपालका विभिन्न तौल समूहका ४१ खेलाडिले सहभागिता जनाएको खेल नोभेम्बर ६ अर्थात सोमबार सम्पन्न भएको थियो । नेपाल योङमुदो संघका अध्यक्ष मोहन कुमार कार्कीको नेतृत्वमा आएको नेपाली खेलाडीहरुले विभिन्न ९ तौल समुहमा भाग लिएका थिए ।

यसैगरी इन्टरनेशनल योङमुदो संघले अन्तर्राष्ट्रिय रेफ्री तालिम मार्फत योङमुदो संघका लोकेन्द्र आचार्यलाई अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा नियुक्त गरेको छ ।

सम्बन्धित समाचार