विप्लवहरु थोत्रो किताब पढेर क्रान्तिकारी पल्टिए: प्रधानमन्त्री ओली, अब एक्सनको पालो: प्रचण्ड

March 31, 2018

शुभप्रभात राई / काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर  क्रान्तिकारी पल्टिएको आरोप लगाएका छन् ।

रिपोर्टस कल्बको २० औँ बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाउदै  भने, ‘नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे, चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।’

विप्लव समूहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोषित हुदै राजनीतिकमा मजाक नगर्न ओलीले विप्लवलाई  चेतावनी समेत दिए ।

नेपालमा अब युरिया मल हैन जैविक मलको उत्पादन गरी, बिकासोन्मुख यो देशमा सबैले कृषीमा राम्रो प्रगति गरी मुलुकको आर्थीक स्थितिमा पनि केहि मात्रमा टेवा पुग्ने ओलीले बताए । अब नेपाली जनता कोही भोको पर्दैन कोही भोकै मर्दैनन्, उनले भने ‘नेपाली जनताले अब हामीलाई एउटा राम्रो नेतृत्वो गर्ने प्रधानमन्त्री छ भनेर सम्झे हुन्छ ।’

शनिवार राजधानिको भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा ‘अबको समृद्धिको पाईला’ भन्ने मुल नाराका साथ रिपोर्टर्स क्लबको २० औँ बार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, राजपा अध्यक्ष राजेन्द्र महतो, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, निर्वाचन अधिकृत अयोधिप्रसाद यादव, भारतीय राजदुत मञ्जित सिंह पूरी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमसिना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतासँग धेरै भाषण गरियो अब एक्सनको पालो आएको बताए । उनले भने, ‘अब चाडै वामपन्थी एक भएर संकल्प गर्ने पालो आएको छ ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालले विभिन्न विधामा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरेको छ ।

सम्बन्धित समाचार