भारतीय विदेशमन्त्रीको पहिलो भेट ओलीसँग, होटल सोल्टीमा एमालेको रात्रीभोज

February 1, 2018

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं आइपुग्नसाथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता भेट गरेकी छन्।

राजधानीको सोल्टी साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको हो। ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनीहरुले झन्डै पौने घन्टा कुरा गरेका छन्।

ओली र स्वराजबीच के कुराकानी भयो भन्ने खुलाइको छैन। एमालेले उनको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ।

 

सम्बन्धित समाचार