स्वयम्भुमा तामाङ स्वाद पस्कँदै गायक बमजन, आलुमदेखि आइरकसम्म पाइने

January 20, 2019

काठमाडौं । गायक तथा संगीतकार फूलकुमार बमजन अब स्टेजमामात्र हैन राजधानीको स्वयम्भुमा तामाङ स्वादका परिकारका साथ ग्राहकको स्वागतमा पनि व्यस्त हुने भएका छन् ।

आइतबार बमजन, डिबि तामाङ र मंगल थोकरको संयुक्त लगानीमा रहेको ‘कुदाप रेस्टुरेन्ट’ उद्घाटनसँगै बमजन ग्राहकको स्वागतमा व्यस्त हुने भएका हुन् ।

स्वयंभुको बिजेश्वरीस्थित स्तुपा भ्यु इनको ग्राउन्ड फ्लोरमा कुदाप रेस्टुरेन्ट रहेको छ । तामाङ भाषाविद् अमृत योञ्जन तामाङले कुदापको औपचारिक उद्घाटन गरे ।

कुदापमा कोदोको ढिंडो, फापरको रोटी, गहतको दाल, सिलामको अचार, गुन्द्रुक र भटमास साँदेको चट्नी साथमा आइरकसमेत पाइने गायक बमजनले बताए ।

‘लोप हुँदै गएको तामाङ खानाको जगेर्ना गर्न कुदाप रेस्टुरेन्टको शुरु गरिएको हो,’ बम्जमले भने ।

आफुहरुले सुरुवातको अवस्थामा सबै परिकार उपलब्ध गराउन नसके पनि आउँदो दिनमा सम्पूर्ण परिकार उपलब्ध गराउने उल्लेख गर्दै उनले भने, ‘कोदोको ढिंडो, मैकैको ढिंडो, फापरको आलुम, फुलौरो, बिहेतिर खाइने बाबार गेङ रोटी, गुन्द्रुक, भटमास, सिलाम मोलेको अचार, हरियो मकै लगायतको विशुद्ध अर्गानिक परिकार चै तत्काल उपलब्ध गराउने प्रयास गरेका छौं ।’

 

कुदाप उद्घाटनमा तामाङ समुदायका विभिन्न व्यक्तिहरुसमेत उपस्थित थिए ।

 

सम्बन्धित समाचार