दुई लाख राशिको नेजा ग्रामीण पत्रकारिता पुरस्कार ओखलढुंगाका कुम्भराज राईलाई

July 22, 2018

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगाका कुम्भराज राईलाई प्रदान गरिने भएको छ ।

नेजाको छैटौं अधिवेशनको उद्घाटनमा सियाटलमा आयोजित कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले पुरस्कृतको नाम घोषणा गरेका हुन् ।

राई कान्तिपुर दैनिकमा आवद्ध छन् ।

२ लाख २२ हजार २२२ रुपैयाँ नगदसहितको यो पुरस्कार काठमाडौंमा एक कार्यक्रमकाबिच प्रदान गरिने छ । कार्यक्रममा नेपाल पत्रकार महास‌ंघका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।

सम्बन्धित समाचार