बुद्ध वज बर्न इन नेपाल भन्दैमा हाम्रो जिम्मेवारी पुरा हुदैन

May 18, 2017

ल्हाक्पा गेलु शेर्पा

बिस्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मको सन्दर्भमा इसापूर्व तेस्रो शताब्दीको (इपू २४९) अशोक स्तम्भलाई लुम्बिनीमा रहेको सबैभन्दा पुरानो प्रमाणको  रूपमा लिने गरिन्थ्यो  तर, पछिल्लो समयको  नेपाल सरकार, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), बेलायतका डुर्हाम विश्वविद्यालय र स्टिरलिङ  विश्वविद्यालय तथा नेसनल जियोग्राफिक सोसाइटीले सन् २०११ को जनवरीयता मायादेवी मन्दिरमा गरेका उत्खनन र अन्वेषणले त्यसभन्दा झन्डै तीन शताब्दीअगाडि अर्थात् इपू ५५० को प्रमाण फेला परेको थियो जसलाई बुद्धको जीवनसँग जोड्ने पहिलो ‘पुरातात्त्विक सामग्री’ भनेका छन्।बिस्वका सबैजसो दस्तावेजहरुले बुद्द नेपालको लुम्बिनीमै जन्मेको हो भन्ने कुरा उल्लेख गरि सकेका छन र लुम्बिनी नेपालमै पर्छ भन्ने कुरा पनि  सन् १८९६ तिरै स्पस्ट उल्लेख गरेको कुरा हो। सन् १९९२ देखि १९९५ सम्म मायादेवी मन्दिर परसिरमै गरिएको एक उत्खननका क्रममा लुम्बिनीमा बुद्ध जन्मिएको वास्तविक स्थान बताउने ‘मार्कर स्टोन’ फेला परेको थियो। जर्मन अन्बेषक  डा. ए फुररले लुम्बिनी नेपालमा पर्ने तथ्य १८९५ मा सार्वजनिक गरेका थिए । त्यसपछि १८९८ र ९९ मा भारतकै पुरातत्वविद पीसी मुखर्जीले पुनपरीक्षण शैलीमा लुम्बिनीको खोज उत्खनन् गरी नेपालमा पर्ने तथ्यलाई पुनःप्रमाणित गरी बलियो बनाएका थिए। बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सन् १९९७ देखि सूचिक्रित गरिएको हो।

लुम्बिनिकै अन्बेषणको क्रममा कपिलवस्तुको तिलौराकोटबाट ११ किलोमिटर दक्षिणतर्फ रहेको गोटिहवामा  क्रकुछन्द बुद्ध (गौतम बुद्धभन्दा अगाडिका बुद्ध)को जन्म भएको तथ्य फेला पारेको थियो। त्यहाँ इटालियन टोलीले अध्ययन गर्दा इपू १३०० देखि ८०० सम्मका तथ्यहरू फेला परेका थिए। लुम्बिनी पाँचौ सतब्दी सम्म तिर्थायात्रीहरूको महत्वपुर्ण स्थानको रुपमा रहेको थियो। चिनिया यात्रीहरू फा ह्सिएन ले चौथौं सताब्दी र ह्सुअन सङ्ले सातौ सताब्दिमै आफ्नो भ्रमणको क्रममा लुम्बिनिमा बौद्द चैत्य, मन्दिर र अन्य पुरातत्विक कुराहरू देखेको कुरा कुरा बर्णन गरेका थिए।  समय क्रम अनुसार  धेरै तिरबाट जुटिरहेका बिभिन्न प्रमाण र अन्बेषणहरूले बुद्दको जन्मस्थान नेपालको लुम्बिनिमै भएको कुरा वैज्ञानिक रूपबाटै झन् प्रमाणित भएको छ।

भगवान् गौतम् बुद्द नेपालमै जन्मेको धुर्बसत्य कुरालाई कसैले नकर्न मिल्दैन। सत्य सधैं सत्यनै हुन्छ। ज्ञान र चेतनाको अभाब अथवा कसैले भ्रम फैलाउने हिसाबमा बुद्द नेपाल जन्मेको होईन भनेर लेख्दैमा, फिल्म बनाउदैमा वा भन्दैमा बुद्द नेपालमा जन्मेको सत्य कुरालाई मेटाउन सक्दैन। यदि कुनै पनि राज्यको  कुनै अधिकारिक सरकारी निकाय वा राज्य स्वयमले बुद्दको जन्म स्थानको बारेमा  बिबाद  उठाउछ भने नेपाल सरकारले कुट्नितिक रुपमा पहल गर्नु पर्छ।बैज्ञानिक रुपमै बुद्द नेपालमै जन्मेकै हो भन्ने प्रमाण हुँदा हुँदै पनि हामीले फेरि “बुद्द वज बोर्न इन नेपाल” भनेर गरि गरि भनि रहनु पर्ने आवश्यकत छैन। संसारमा कही कतै र कुनै पुस्तकमा लेखेको भए सम्बन्धित निकायमार्फत सम्बन्धित पक्षलाई जानकारी गराई सच्याउनु लगाउनु पर्छ। आफू सँग भएको कुरालाई आफैले मागी रहनु र सत्य कुरालाई यसरी गरि गरि बर्णन गर्नु आवश्यक्ता छैन। बुद्द जन्म जन्म सम्बन्धि खोज,अनुसन्धान र अध्ययनबिना आएका कुनै पनि भ्रमक कुराहरुलाई प्रस्चय दिनु हुँदैन।

बिस्वको अराबौ मानिसहरूको आस्थाको केन्द्र, शान्तिको अग्रदुत  र नेपालको गौरब राष्ट्रिय बिभुती भगवान् बुद्दलाई बहास र बिबादको बिषय हामी आफैले बनाउनु हुदैन।  यदि राष्ट्र, राष्ट्रियता र स्वाबिमान दर्शाउने र बुद्दप्राती श्रदाको भावनाले प्रचार गर्ने गर्ने हो हामीले “नेपाल इस ल्यान्ड अफ बुद्द” वा “नेपाल इज बर्थ प्लेस अफ लर्ड बुद्द” भन्न पनि सक्नु पर्छ।  नेपालमै जन्मेका बुद्दलाई  “बुद्द वस बोर्न इन नेपाल “भनेर काराउनुको अलाबा बर्तमान मानब जिबनमा अत्यन्त आवश्यकता रहेका बुद्दका चार आर्य सत्य, पांचशिलका सिद्दान्त र आठ अस्ठ मार्गका सन्देशहरु विश्वको कुना कुनामा प्रसार प्रचार गर्नु सक्नु पर्छ।

 

संयुक्त राष्ट्रसं राष्ट्र संघ र यसका सम्पुर्ण सदस्य रास्ट्रहरूलाई थाहा छ बुद्द नेपालको लुम्बिनीमै जन्मेको हो।रास्ट्रसंघका अहिले सम्मको प्राय जस्तो महासचिबहरुले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन। महासचिब उथान्तले सन् १९६७ मा लुम्बिनिको भ्रमण गरेका थिए भने महासचिब कुर्ट वाल्डेमले सन् १९८१ मा लुम्बिनीको भ्रमण गरेका थिए। त्यसैगरी, महासचिब जाभियर पेरेजले सन् १९८९ मा र महासचिब कोफी अन्नानले सन् १९९८ र बर्तमान महासचिब वानकी मुन सन २००८  मा लुम्बिनिको भ्रमण गरेका थिए। “बुद्द वस बोर्न इन नेपाल्” भनेर बिस्व भरका लाखौं नेपालीहरूको हस्तक्षार संकलन गरि संयुक्त रास्त्रसंघलाई बुझाएको कृयाकलाप  पनि हामीले देखेका छौ ।  उहाँहरूको यो प्रयास आफ्नो ठाउँमा सकारात्मकनै होला तर के यो संयुक्त राष्ट्र संघलाई बुझाउनु आवश्यक छ? रास्त्रसंघले त बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सन् १९९७ देखि सूचिक्रित गरिएको छ। सन डिसेम्बर १५, १९९९को राष्ट्रसंघको ५४ औ सभाले अन्तरास्ट्रिय रुपमा हरेक बर्ष बुद्धको जन्म दिनलाई ‘वेसाख डे’दिवसको रुपमा मनाउने निर्णय गरियो  र त्यसैका फलस्वरुप राष्ट्रसंघले हरेक बर्ष बुद्द् जयन्तीको अवसर राष्ट्रसंघको मुख्यकार्यलय र क्षेत्रिय कार्यालयहरुमा भिबिन्न कार्यक्रमहरू गरि मनाउदै आएको छन्। राष्ट्रसंघको मुख्य कार्यालयमा भिबिन्न बुद्दिस्ट रास्ट्रहरूको अयोजनामा यो कार्यक्रम बिशेष महत्वका साथ मनाउने गरिन्छ। नेपालले संयुक्त राष्ट्रसंघको लागि न्युयोर्कमा अबस्थित नियोगको आयोजनामा सन २००८मा राष्ट्रसंघको मुख्य कार्यालयमा बुद्ध जयन्ती (वेसाक डे) आयोजना गरिएको थियो।

वोर्ल्ड बुद्धिस्ट फेल्लोशिपको पहिलो विश्व सम्मेलन १९५० श्रीलंक  कोलोम्बोले  विश्व भर बुद्द जयन्ती मनाउने घोषणा पत्र जारी गरेका थिए र उक्त घोषणा पत्रमा नेपालको तर्फाबाट तत्कलिन राजा त्रिभुवनले हस्तक्षर गरेका थिए।  श्रीलंकाको कोलोम्बोमा सन १९५०मा भएको पहिलो अन्तरराष्ट्रिय बुद्दिट सम्मेलनद्वरा विश्वका सबै बुद्दिस्ट राष्ट्रहरुमा बुद्द जयन्ती मनाउने निर्णय घोषणा भए पस्चत नेपालले सन मे २२, १९५१ देखी बुद्द जयन्तिलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। कोलोम्बो सम्मेलनको निर्णय हुन अगाडिनै भिबिन्न देशमा बुद्दा जयन्ती मनाउने चलन भने धेरै पुरानो थियो। नेपालको सन्दर्भमा बुद्द जयन्ती मनाउन चलन धेरै पुरानो भए पनि सदियौ बर्ष यसले निरन्तरता पाएका थिएन। धर्मधत्य धर्मकार्यको नामले चिनिने जगतमन वैध्यले सन १९२६मा बुद्द जयन्ती मनाउने चलन पुन सुरु गरेका थिए। त्यतिखेरनै लुम्बिनिमा हुने पशुबाली प्रथाको पनि अन्त्य गरेका थिए। सन १९४६मा श्रीलंकाका भिक्षु नरादको अनुरोधमा तत्कलिन प्रधानमन्त्री मोहन सम्शेर जबराले नेपालमा बौद्दमार्गी कर्मचारीहरुलाई बुद्द जयन्तिको अवसरमा बिदा दिने घोषणा गरेका थिए। सन १९५६मा तत्कलिन राजा महेन्द्रले बुद्द जयन्तिको दिन नेपालभरी काटमार गर्न रोक लागएका थिए।

 

आज विश्वका धेरै राष्ट्रहरुले बुद्दका बिशाल प्रतिमुर्तिहरु स्थापना गरी विश्वलाई आफुतिर ध्यानकार्षण गर्ने कार्य गरिरहेका छन। बुद्दसंग सम्बन्धित अलेख अभिलेख संकलन, बौद्द चैत्य र गुम्बहरु निर्माण र बौद्द विश्व बिधालयहरु स्थापना गरी रहेका छन। तर बुद्द भुमी नेपालको काक्रे बिहारमा बुद्दको प्रतिमुर्ती समेत राख्न नदिएको ईतिहास त्यती पुरानो छैन । बुद्दसँग सम्बन्धित पुरातत्विक बस्तुहरु, चैत्य, गुम्बा र बिहारहरुको उचित संभार र संरक्षण गर्न सकेको छैन।  हर्वर्ड, अक्स्फोर्ड, केम्ब्रिज,कोलम्बिया जस्ता विश्वका प्रख्यात विश्व बिधालय र अन्य विश्व बिधालयहरुमा बौद्द दर्शनलाई प्रमुख बिषयको रुपमा पढाईन्छ तर नेपालमा त्रिभुवन विश्व बिधालयले स्नातकोत्तर तहमा मात्र सिमित राकेका छन। काठमाडौं विश्वबिधालयले पनि स्नातक् र स्नातोकोत्तरमा सिमित राखेका छन। सन डिसेम्बर २, १९९८मा लुम्बिनिमा भएको पहिलो विश्व बौद्द शिखर सम्मेलनले लुम्बिनिमा बौद्द विश्व बिधालय स्थापना गर्ने निर्णय गरे पनि नेपाल सरकारले सन नोवेम्बर २९, २००४ मा सुरु गरी स २००६ बाट मात्र लुम्बिनी विश्वबिधालय एक्ट बनाइ लागु गराइ  स्नातोकोत्तरको पढाईमा मात्र सिमित राखियो। भारतमा बौद्द धर्म र दर्शन सम्बन्धी अध्ययन गर्नको लागि धेरै विश्व बिधालयहरु स्थापना भएका छन जहाँ संसार भरका बौद्द धर्म र दर्शनमा रुची भएकाहरुको विद्यार्थीहरु अध्ययन गर्न जान्छन। नेपालबाट पनि धेरै बिद्यार्थीहरु भारतका चर्कित बौद्द विश्व बिधालयहरुमा उच्च हासिल गर्न जान्छन जहाँबाट बौद्द दर्शनमा बिद्याबराधी, शास्त्री, आचार्यको डिग्री प्राप्त गरी  नेपाल फर्किन्छन तर नेपालले उनिहरुले प्राप्त गरेको डिग्रीलाई सम्मान  दिन र प्रयोग  गर्न सकेको छैन। आर्थिक बर्ष २००५/२००६ मा नेपाल सरकारले गुम्ब शिक्षालाई पनि सरकारी शिक्षाको मुलधारमा ल्याउने औपचारिक  प्रयास गरेता पनि ब्यबहारिक रुप लागु गर्न सकेन। नेपालले पनि बौद्द धर्म र दर्शनसँग सम्बन्धित बिधालय, विश्वबिधालय र अनुसन्धान केन्द्रहरु स्थापना गरी संसारभरका बुद्द प्रेमी र बुद्द दर्शन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने बिधार्थीहरु र पर्यटकहरुलाई  आकर्षण गर्न सक्नु पर्छ। नेपालको बौद्द धर्मसँग सम्बन्धित सरकारी निकायहरुमा बौद्द विद्वानहरुलाई अवसर दिनु पर्छ। बौद्द विद्वानहरु मार्फत बुद्ध दर्शन र ज्ञानलाई संसारको कुना कुनामा पु-याउन सहयोग गर्नु पर्छ। बुद्दका प्रतिपदन गर्नु भएका शान्तिका सन्देशहरु विश्वभर फैलाउन सक्नु पर्छ। नेपालको सरकार लगायत बिदेशमा रहेका नेपाली राजदुताबस र कुट्नीतिक नियोगहरुले पनि बुद्दको बारेमा प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका निभाउनु पर्छ। नेपालको संबिधानले नेपाललाई सकुचित परिभषाको व्याख्या गर्दै धर्म निरपेक्ष राज्यको रुप घोषणा गरे पनि त्यो व्यबहारमा आजै लागु हुन्छ कि हुँदैन भन्ने कुरामा ढुक्क हुन सकेको छैन । बिभिन्न बहाना र समय समयमा बौद्द गुम्बाहरु र बौद्द भिक्क्षुहरुमाथि हेर्ने कुदृष्टी बन्दा हुनु पर्छ। नेपालको जनगनणा २०११ले  बुद्द जन्मेको देश नेपालमा करिब ९ प्रतिशतमात्र बुद्द धर्मवालम्बीहरु रहेको गलत तथ्यांक सार्वजनिक गर्नु पनि बुद्द प्रातिको अपमान हो। बुद्दलाई एउटा समुहको धर्म नजरले हेर्नु हुँदैन ।  बुद्दलाई आधुनिक भौतिक समाजको दर्शन, जिबन र आवश्यकता हो। बुद्द नेपाललाई बिस्वमा चिनाउने चाम्किरहने तारा हो, बिस्वको बर्तमान अन्योल र कोलहलमा शान्तिको मार्गदर्शन गराउने मार्गदर्शक हो, नेपालीको शान र गौरब हो।

लेखक

बिस्वका  बुद्दिस्ट राष्ट्रहरु थैल्यान्ड, म्यान्मर, भियत्नाम, सिङ्गापुर,चीन, श्रीलका, कोरिया, जापान, लवोस, क्यम्बोडिय ,भुटान जस्ता विश्वका कतिपय मुलुकहरुमा आज बुद्द जयन्तिलाई राष्ट्रिय चाडको रुपमा भिबिन्न कार्यक्रमहरु गरी मनाइन्छ। नेपालले बिभिन्न समयमा बौद्द सभा सम्मेलनहरु आयोजना गरी सकेका छन तर ती सबै  केबल नारा र औपचारिकतामा मात्र सिमित देखिन्छ। बुद्द जयन्तीलाई नेपालको अन्य चाडपर्बहरु दसैं, तिहार, शिवरात्री, तीज जस्ता चाडहरुको जतिको महत्व दिन सकेको छैन।राज्यले एक दिन मात्र बुद्द जयन्ति मनाएर वा  बुद्द वज बोर्न् इन् नेपाल भन्दैमा राज्य र हाम्रो बुद्द प्रतिको जिम्मेवारी पुरा हुदैन। 

बुद्धहरुको जन्मस्थल लुम्बिनी:

 

सन १९९७मा विश्व सम्पदा सुचिमा सुचिक्रित भगवान गौतम बुद्दको पवित्र जन्म स्थल लुम्बिनीको बिकासमा आजै राज्यको नजर नपुगेको अवस्था देखिन्छ । सन १९६७मा तत्कलिन संयुक्त राष्ट्रसंघका महासचिब युथन्टको लुम्बिनी भ्रमणको क्रममा लुम्बिनिलाई मुख्य अन्तरराष्ट्रिय धर्मिक केन्द्र र तिर्थस्थाल रुपमा स्थापना गर्नु पर्ने प्रस्ताब पेश गरेको र उहाकै प्रस्ताबलाई मुर्तरुप दिनको लागि युएनडीपीले १९६७ मा लुम्बिनिको बिकासको लागि योजना अगाडि बढाएको थिए। सन १९७० मा १३ वटा राष्ट्रहरु सम्मिलित अन्तरराष्ट्रिय लुम्बिनी बिकास समिती गठन गरेको उक्त १३ सदस्य राष्ट्रहरुमा अफ्गनिस्तान क्यम्बोडिया, भारत, इन्डोनेसिया, जापान, लवोस, मलेसिया, म्यन्मार , नेपाल , पाकिस्तान सिङ्गापुर , श्रीलंक र थैइल्यान्ड रहेको थिए, पछि बंगलदेश, भुटान र दक्षिण कोरिया पनि समेल भैइ १६ राष्ट्रहरु सम्मिलित अन्तरराष्ट्रिय लुम्बिनी बिकासक समिती गठन गरेका थिए। उक्त समितिले लुम्बिनिको बिर्हतर बिकासको लागि अध्ययन कार्य अगाडि बढाई जापानको प्रशिद्द अर्किटेक्ट प्रध्यापक् केन्जो तङ्गेको अबधारणा अनुसार सन १९७२मा लुम्बिनी गुरुयोजनाको सुरुवत गरेको थिए र उहाँको सोही गुरुयोजनालाई १९७८मा स्विक्रित गरी सन १९८५ सम्ममा योजना पुरा गर्ने गरी कामको थालनी गरेको थिए। सन १९८५ मै सक्नुपर्ने योजना सन् २०१७ सम्म आईपुग्दा सम्म पनि पुरा नहनु  राज्य र सम्बन्धित निकायको ठुलो कमजोरी देखिएको छ। यस पवित्र भुमिको भ्रमणमा आउने सबैको चासो र चिन्ता पनि यहिनै हो कि लुम्बिनिको व्यबस्थापन र संरक्षण र बिकासमा राज्य गम्भिर बन्नुपर्छ। राज्यका नीति र योजनामा पहिलो प्राथमिकतामानै यस्ता महत्वपूर्ण क्षेत्र सम्मिलित गर्नु पर्दछ। लुम्बिनिको बिकासमा अन्तरराष्ट्रिय क्षेत्रको पनि त्यतिकै सहयोग देखिन्छ तर पनि नेपाल सरकारले उदाशिनताकै कारण लुम्बिनी जुन रुपमा बिकास हुनु पर्ने हो त्यो देखिन्दैन। लुम्बिनि गुरुयोजनाको करिब ८० प्रतिशत काम सकिएको र गुरुयोजनामा उल्लेख गरेअनुसार पवित्र जोन, अन्तराष्ट्रिय विहशार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, संग्रहालय लगायतकासंरचनाको काम पूरा भएको लुम्बिनी विकाष कोषले उल्लेख गरेको छ। दक्षिण एसियामा शान्ति, स्थिरता, समृद्धि कायम गर्ने उद्देश्यले सन् १९९१मा गठन भएको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक)ले २०६८ सालमै करिब तीन अर्ब अमेरिकी डलर लगानी गर्ने गरी नौ बर्षभित्र लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बुद्ध केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथमा योजना ल्याएको छ। यो योजना पनि समयमै पुरा हुने कुनै लक्षण देखिन्दैन।

 

लुम्बिनी गुरुयोजनाकै अबधारणाभित्रका बिहार क्षेत्रमा भने ब्यापक परिवर्तन भएको देखिन्छ। संसारका भिबिन्न देशका र प्रमुख धर्म गुरुको अग्रतामा निर्माण सम्पन्न भैसकेका र निर्माणधिन गुम्बहरुले संसारकै राजाधनी हो कि भन्ने प्रत्यभुती यहाँ भ्रमण गर्ने जोहोकोहिलाई हुन्छ। विश्व शान्ति स्तुपा र शान्ति दिपले बर्तमानको कोलहल र अशान्तिबाट केही क्षणको लागि भए पनि शान्तिको शक्ति प्राप्त गरेको अवास हुन्छ। बुद्द जन्मेको स्थाल मायादेबिको मन्दिर र  भित्रका बुद्दको अस्तुदातुलाई नजिकैबाट दर्शन गर्न पाउदा आफुलाई संसारकै भाग्यमानी ब्यक्तिको भएको ठाहरिन्छ तर त्यहाँको पिपलको बोट नदेख्दा मनमा एक प्रकारको खिन्नता महसुस हुन्छ । बुद्द लुम्बिनिको त्यही  ठाउँमा जन्मेको हो भन्ने प्रमाणको र दस्ताबेज रुपमा रहेको अशोक स्तम्भ देख्दा संसारलाई थाम्ने  स्तम्भ हो भन्ने भन हुन्छ तर उक्त स्तम्भ जसरी संरक्षित हुनु पर्ने त्यो देखिन्दैन। स्तम्भलाई जोगाउनको लागि युनेस्कोले धेरै बर्ष अघिनै अग्रह गरे पनि अहिलेसम्म कुनै जोगाउनलाई कुनै प्रयास भएको देखिन्दैन। अशोक स्तम्भलाई त्यतिकै खुल्ल अकासमुनि खाली छोडी रहेको देखिन्छ र जुनसुकै बेला  हावा, पानी अन्य प्राकृतिक प्रकोप र अन्य बिबिध कारणले क्षति पु-याउन सकिन्छ त्यसैले यसलाई लामो सम्मा हाम्रो एतिहासिक दस्ताभेजको रुपमा जोगाइ राख्ने हो भने यसको संरक्षण तुरुन्तै ध्यान पु-याउनु पर्ने आवश्यकता देखिन्छ।सम्राट् अशोकले  स्तम्भमा कुँदिएको प्रामाणिक लिपिहरुलाई कसरी संरक्षित गर्ने र त्यसमा लेखिएका कुराहरु कसरी सर्बसाधारणसम्मा पु-याउने भन्ने कुरामा राज्य र सम्बन्धित निकाय चुकेको देखिन्छ। 

संरक्षणको अभाबमा रहेको लुम्बिनिको केही महत्वपूर्ण पवित्र स्थानहरु:

तिरौलाकोट:

प्रचिन शाक्य राज्यको राजधानी तिलौराकोट जुन मायादेबिको मन्दिरबाट करिब २७ किलोमीटर पश्चिममा अवस्थित छ। भगवान बुद्दले २९ बर्षसम्म राजकुमारको रुपमा बिताउनु भएको यो ठाउँको पूर्व पट्टिको द्वार जसलाई महाभिनिस्क्रमाना वा मंगल द्वार भनिन्छ र जुन बुद्दले बुद्दत्व प्राप्तको लागि दरबार त्याग गर्दा प्रयोग गरेको द्वारको रुपमा प्रयोग गर्नु भएको हो। यो पवित्र र महत्वपूर्ण संरचना रहेको क्षेत्रभित्र झरपातहरु उम्रिएको र प्रचिन इट्टाहरुको संरक्षण गर्न सकेको देखिन्दैन भने प्रबेशद्वार लागयतका क्षेत्रमा सुरक्षा ब्यबस्थाको अभाब देखिन्छ। तिरौलाकोट नक्कल गरी भारतले नक्कली तिरौलाकोटको निर्माण गरेको छ र यस प्रति सरकार र सम्बन्धित निकाय गम्भिर भएको देखिन्दैन। 

निग्लिहवा :

तिरौलाकोटदेखि करिब ८ किलोमीटरको दुरीमा निग्लिहवा अवस्थित छ। पहिलो बद्रकल्प बुद्द कनकमणिको जन्मस्थानको रुपमा यो पवित्र स्थान २४९ बिसीमै सम्राट अशोकले कुँदेको अशोक स्तम्भ भुईमा ढलि दुई भागमा टुक्रिएर लाडिरहेको अवस्थामा भेटिन्छ। पाली भाषा र सस्कृत भाषामा  कुँदेको उक्त महत्वपूर्ण स्तम्भको अवस्था अत्यन्त नाजुक र बेबरिशे छ । एक स्थानियका अनुसार पहिले यो स्तम्भ नजिकैको पोखरीमा बेबारिसे अवस्थामा रहेको थियो र पछि मात्र  स्थानियहरुको सहयोगमा एउटा सानो टहरा बनाएर राखेको कुरा सुनाए। बुबा यज्यदुत्ता र माता उताराबाट जम्बुद्विपाको सुनौलो बर्षतको दिन कनकमणि बुद्दको जन्म भएको कुरा उल्लेख छ

गोटीहवा:

दोश्रो बुद्द क्रकुचान्द्र बुद्दको जन्म र निर्वाण प्राप्त गरेको स्थानको रुपमा प्रख्यात् उक्त पबित्र क्षेत्रको अवस्था जन अत्यन्तै नाजुक देखिन्छ। सम्राट अशोकले २४९ बिसीमै एतिहासिक धरोहर र दस्ताभेजको रुपमा कुँदेको अशोक स्तम्भको टूप्पो हराएको अवस्थमा भेटिन्छ भने स्तम्भ रहेको स्थानमा झारपात र लामो लामो गाँस उम्रिएकोले स्तम्भलाई कुरुप बनाउनको साथै नजिकबाट अबलोकण गर्न सकिन्दैन। स्तम्भलाई जोगाउन कुनै प्रयत्न गरेकोमा देखिन्दैन भने उक्त स्थानसम्म पुग्नलाई बाटोको समेत राम्रो व्यबस्था गर्न सकेको छैन।

कुदन:

राजा सुद्दोधनले  बुद्धले बुद्धत्व प्राप्त गर्नु भएर फर्केपछि पहिलो पटक स्वागत गरेको स्थान हो।  कुदन् शाक्यमुनि बुद्दको दोस्रो माता प्रजापति गौतमीले बस्त्र  र उहाँको पत्नी यसोधाराले खानाको लागि निमत्रण गरेको, बुद्दका पनि सर्बमान्य भिक्षु  सरीपुत्तले बुद्दको छोरा राहुललाइ ८ बर्षकै कलिलो उमेरमा पहिलो अर्या भिक्षु (समिनरा) बनाएको र बुद्दले ३०० जना शिष्यहरुलाई पाँच प्रकारका महत्वपूर्ण सुद्राहरु र बुद्दत्व  प्राप्त गर्नु भएको अनुभब सुनाउनु भएको पबित्र स्थान हो।  यो ठाउ पनि सरक्षणको अभाब देखिएको छ।

हामी धेरैलाई बुद्द भन्ने बितिकै शाक्यमुनी बुद्धमात्र बुद्द हो भन्ने बुझिन्छ तर लुम्बिनि अन्य बुद्दहरुको पवित्र जन्मस्थल पनि हो। चौथौ बुद्द शाक्यमुनी बुद्ध भन्दा अगाडि तीन जना बुद्दहरु जन्मिनु भएका छन। पहिलो बुद्द बद्रकल्प (कनकमणी बुद्द) र दोस्रो बुद्द कर्कुचन्द बुद्द लुम्बिनिमै जन्मिनु भएको हो भने तेस्रो कस्यपा बुद्द भारतको बनरासमा जन्मिनु भएको प्रमाण भेटिन्छ। पाँचौ बुद्दको रुपमा मैत्री बुद्दको जन्म हुने विश्वाश छ।

लुम्बिनिमा पुरातात्विक महत्व बोकेका अन्य स्थानहरुमा पनि राज्य र सम्बन्धित निकायको नजर नपुगेको हुन सक्छन र यस लेखमा सबै स्थानको बारेमा समेल गर्न सकेको छैन। लेखकले आफुले भ्रमण गरेको स्थानमा देखेको कुराहरुमात्र समबेश गरिएको छ।

बुद्द जयन्तिका दिन् लुम्बिनी पुगेर बुद्ध सम्मेलन गर्दैमा र कहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा उभिएर बुद्ध नेपालमै जन्मिएका हुन् भनेर ठूलो स्वरमा बोल्दैमा हाम्रो जिम्मेवारी पुरा हुदैन। लुम्बिनिलाई महत्वका साथ अन्तरास्ट्रिय धार्मिक केन्द्रको रुपमा बिकास गर्न योजनाहरु समयमै पुरा गर्न अब कुनै हालतमा ढीलो गर्नु हुदैन। अहिले हालसम्म लुम्बिनिको बिकासको लागि तयार गरेकोमा सम्पुर्ण योजनाहरु समयमै पुरा नहुनुमा देशको  अस्थिर राजनिति दोषी देखिन्छ र लुम्बिनिको बिकासमा राजनितिक हस्तक्षेप र खेल बन्द गर्नु पर्छ। हामीसँग रहेको बुद्दसंग सम्बधित महत्वपुर्ण् पुरातत्विक, एतिहासिक धरोहर र जिबित दास्तभेजका रुपमा रहेको स्थानहरुको महत्व बुझी यसको संरक्षण र सम्बर्द्वन गरी धार्मिक पर्यटक स्थालको रुपमा परिवर्त गर्न सकेमा यस असपासका क्षेत्रको बिकास र स्थानियहरुको आर्थिक र सामाजिक जिबनस्तर उकस्न मद्दत् मिल्छ। नेपाल रास्ट्र्को सम्मुनत बिकासमा लुम्बिनिको बिकासले महत्वपुर्ण स्थान राख्दछ।

२५६१ औ बुद्द जयन्तिको पवन अवसरमा सम्पुर्ण प्राणी जगतको काल्यण र बिस्व शान्तिको कामना गर्दछु।

सम्बन्धित समाचार