Everest Times

उपत्यकाव्यापी बालकथा प्रतियोगिता सुरू

katha-lekhanकाठमाडाैं । भृकुटीमण्डपमा जारी अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीमा उपत्यकाव्यापी बाल कथा लेखन प्रतियोगिता सुरू भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा काठमाडाैं, भक्तपुर र ललितपुरका ८५ विद्यार्थी सहभागी भएका छन् ।

शनिबार काठमाडाैंका विद्यालयका विद्यार्थीले अाफ्नो कथा सुनाएका थिए । उत्कृष्ट पहिलो कथालाइ १५ हजार बराबरको कुपन उपलब्ध गराउने अायोजकमध्येका बाल बाङ्मय तथा अनुसन्धान केन्द्रका सदस्य तथा कार्यक्रमका संयोजक विजयराज अाचार्यले बताए । दोस्रोलाइ १० हजार र तेस्रोलाइ ५ हजार बराबरको कुपन उपलब्ध गराउने र सहभागीले ५,०० बराबरको कुपन पाउने छन् ।

उनीहरूले प्रदर्शनीको जुनसुकै स्टलबाट पुरस्कार रकम बराबरको पुस्तक किन्न सक्नेछन् । प्रतियोगितामा वरिष्ठ बालसाहित्य सर्जक प्रमोद प्रधान र अनन्त वाग्ले निर्णायक छन् ।

कार्यक्रमको सुरूवात मेघा बैंकका अध्यक्ष भोजबहादुर साहले गरेका थिए । उद्घाटन कार्यक्रममा केन्द्रका अध्यक्ष विनय कसजु, उपध्याक्ष केके कर्मचार्य, ग्लोबल एक्पोजिसनका सन्तोष क्षेत्री लगायतको उपस्थित थिए । प्रतियोगिता ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेज, विवेक सिर्जनशील प्रकाशन र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको संयुक्त अायोजनामा सुरू भएको हो ।katha-1-lekhan

प्रतिकृया दिनुहोस्