७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मुक्तान थेबाको तेस्रो कृति ‘अखण्ड आलाप’


२६ आश्विन २०७५, शुक्रबार  

0
Shares

काठमाडौं: कवि मुक्तान थेबाको तेस्रो कृति ‘अखण्ड आलाप’ सार्वजनिक भएको छ । बुधवार राजधानीको मण्डला थिएटरमा एक कार्यक्रमकाविच उनको पछिल्लो कृति सार्वजनिक भएको हो ।

अखण्ड अलापमा ४२ कविता रहेका छन् । यसअघि थेबाको आफर र तामाङ भाषामा ककलिङ गरी दुई कृति प्रकाशित भइसकेका छन् । थेवाको कविता विचार प्रधान भएको कवि निभा शाहले बताइन् ।

लेखक राजेन्द्र महर्जनले मुक्तान थेवाका कविता समाजको प्रतिबिम्व भएको बताए। लोकार्पणमा कवि भूपाल राईले थेबाका कविता तामाङ जातिको समाजशास्त्र भएको भनाई राखे ।

किताब सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  ८ : २९ बजे