‘लोम्बा’ सुटिङका छ महिना, कहिले अाँशु खस्यो, कहिले सुटिङ अवरूद्ध भयो

August 24, 2017

सुटिङ सकेर ४ वर्षसम्म त्यसै थन्काएर राखियो

अनिल बुढामगर
निर्देशक/लेखक/स्क्रिप्ट

लोम्बा फिल्म बनाउन हामी भदौमा काठमाडौंबाट गाउँ लाग्यौं । मेरो घर पनि रुकुम हो । घरसम्म बस पुग्थ्यो । फिल्म सुटिङ गर्ने ठाउँमा पुग्न त्यहाँबाट दुईदिन हिँड्नु पथ्र्यो । आजभन्दा चार वर्षअघि हो हामी फिल्म सुटिङमा हिडेको ।

लोम्बा अर्थात भेंडाको नाइकेको कथा सुटिङका लागि उपयुक्त स्थान त्यही रुकुमको मैकोट लेक उक्ल्यौ । हामी टिमको प्रत्येकसँग ३५ किलोको भारी थियो । हाम्रो फिल्म सुटिङ भएको ठाउँ यार्सा टिप्ने मैकोटको ठिक अपोजिट थियो । त्यहाँ पुगेपछि हाम्रो सुटिङ सुरु भयो ।
सुटिङको सुरुको दिनमै मैले रुनुप¥यो । सम्पूर्ण तयारी भएर फिल्म सुटिङ सुरु भइसकेको थियो । मुख्य पात्रकै लागि भारी बोक्न चाहिने नाम्लो छुटेछ । नाम्लो लिन दुई घन्टाको बाटो तल झर्नुपथ्र्यो । म त्यतिबेला टिममा सबैभन्दा सानो थिएँ । कसैलाई आह्राउन सकिनँ । कसैले ल्याइदिए हुन्थ्यो भनेर मैले भनें । टिमकै एकजना साथीले मलाई नै जान आग्रह गरे । म निर्देशन गरिरहेको थिएँ । कस्तो कस्तो महसुस भयो । तैपनि आफैं ओरालो झरं । फिल्म बनाउने भनेर दुःख खोजेर आउने आफै त हो नि । मनमा यस्तै कुरा खेल्यो । अनि ओरालो झर्दा आँशु पनि बररर झ¥यो । दुःख त आफैले खोजेको हो । बुवाआमाले नगर्नु भन्ने क्षेत्र रोजेर आफै यही लेकसम्म आइपुगें । बेकारमा यो क्षेत्रमा हात हाले जस्तो लाग्यो ।

तैपनि सहेर नाम्लो लिएर फर्कें । तालिकाअनुसार सुटिङ त सक्काइसकेछन् साथीहरुले । तर, ती काम लाग्ने भएनन् । भोलिपल्ट रिसुट गर्नुप¥यो । सुटिङकाका क्रममा यस्ता अनेकौ दुःख आइपरे । पटकपटक रुनुप¥यो । साथीहरुसँग आँशु लुकाएर हिँडे ।
भेंडाको कथा भएकोले त्यता भेंडा गोठालोलाई मनाउन पनि हम्मेहम्मे भयो । मनमा अनेक तरहका कुरा खेले पनि टिममा पोखिनँ । नत्र झगडा हुनसक्थ्यो । मैकोटमा विस्तारै चिसो बढ्दै गयो । हिउँ पर्न थाले । हामी गोठमा बसेका थियौं । हिउँले भिजेका जुत्ता आगोमा सुकाउँदा जुत्ता काम नलाग्ने भए ।

यति लामो समय बस्दा साथीहरुको जोशजाँगर सेलाउँदै गयो । एक वर्षको कथा लिएर मैकोट उक्लेको मेरो कथा अब ६ महिनामा झार्नुपर्ने भयो । जाडोमा रक्सीको माग उत्तिकै हुन्थ्यो । म साथीहरुलाई मनाउन रक्सी ओसार्न तल झरिरहनुपथ्यों । एकपटक रक्सी सकिदाँ सुटिङसमेत अवरुद्ध भयो । चिसोले पनि धेरैपटक साथीहरु बिरामी भए । म आफै पनि धेरै पटक सुत्नुप¥यो । सुटिङका अन्तिम दिनतिर खान पनि सकियो । त्यसपछि हामीले सुटिङलाई छोट्यायौं । पहिले एउटा भेंडा किनेका थियौं । त्यही भेंडा हाम्रो टिमको लागि तीन दिनको लागि खान बन्यो ।
यसरी ६ महिनासम्म दुःख गरी हाम्रो टोली काठमाडौं फक्र्यौं । फिल्ममा चित्त बुझेको थिएन । फिल्म बाहिर ल्याउ जस्तो लागेन । तर, साथीहरुले कर गर्न थाल्नुभयो । एकचोटि इडिटिङमा बसौं भनेर । त्यसपछि फिल्म इडिटिङमा बसियो । इडिटिङमा पनि धेरै दुःख खेप्नुपर्ने रहेछ ।

फिल्म इडिटिङपछि अनुभवी फिल्मकर्मीहरुलाई देखाए । उहाँहरुले कथावस्तु राम्रो भएको र निकै दुःख गरेको भन्दै फिल्मलाई अन्तिम रुप दिन सुझाव दिनुभयो । त्यसपछि केही आश पलाएर आयो । अनुभवी फिल्मकर्मी, साथीहरुको सहयोग पाए पछि चार महिना थन्काएर राखेको फिल्मले एउटा रुप लियो । अहिले त्यही फिल्म दर्शकसामु आएको छ । काठमाडौंमा पनि आदिवासी चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो । अहिले अमेरिकाको न्युयोर्कमा हुन लागेको आदि आदिवासी चलचित्रमा प्रदर्शन हुन लागेको छ । जनक बुढा मगर यसका मुख्य पात्र हुनुहुन्छ । उहाँकी सहयोगी तिरा बुढामगर हुनुहुन्छ । धनरुपी बुढामगर र मेरो अभिनय पनि छ । मगरका संस्कारलाई फिल्ममा सक्दोमात्रमा उतार्ने प्रयास गरेको छु ।

जनक र शम्भु पुनको क्यामेरा र राजन खड्काको सम्पादनमा फिल्मले मुर्त रुप लियो । रुँदैरुँदै बनाएर पनि ४ वर्षजति त्यतिकै थन्किएको फिल्म अहिले दर्शकले मनपराइदिुनभएकोमा भने दंग परेको छु । (एभरेस्ट टाइम्स प्रतिनिधिसँग कुराकानीमा अाधारित)

यस्तो छ लोम्बाको ट्रेलर