६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

लक्की शेर्पालाई राजदूतबाट बर्खास्त गरेको छैन : मन्त्री बास्कोटा


२६ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौं ।अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त नगरेको सरकारले जनाएको छ । आज नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

शेर्पा राजनीतिक व्यक्तिसमेत भएकाले नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनको विषयमा गम्भीर रुपमा लिएको उल्लेख गर्दै मन्त्री बास्कोटाले छानबिन समितिबाट प्रतिवेदनसमेत भइसकेको बताए । भने, ‘उहाँ कूटनीतिक व्यक्ति मात्र होइन राजनीतिक आवद्धता पनि भएकाले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्षले पनि गम्भीर रुपमा लिनु भएको छ र त्यस विषयमा निकास दिन भनिएको छ। उहाँले एकदुई दिनमै काम गर्नुहुन्छ होला हामीले विश्वास गरेका छौं ।’

केही समयअघि सञ्चार माध्यममा शेर्पालाई बर्खास्त गरिएको समाचार सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  ८ : ५५ बजे