फिफनाले तामाङ र श्रेष्ठलाई कर्वाही

April 24, 2018

 

न्युयोर्क ।  नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका(फिप्ना)का सल्लाहकार लुईसाङ वाईबा तामाङलाई पदबाट निलम्बन गरेको छ ।  अप्रिल २१ मा बसेको फिप्नाको बैठकले उनलाई सल्लाहकारबाट निलम्बन गरेको अध्यक्ष मान रानामगरले जनाएको छ ।

‘निवर्तमान अध्यक्ष लुइसाङ वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठले सस्था बिरुद्ध गतिबिधि गरेको र सस्थाले पटक पटक छलफलको लागि पहल गर्दा समेत वास्ता नगरेकोले बैठक बसेको मितिबाट संघिय परिषद्को बैठक सम्मको लागि लुईसांग वाईबा तामाङलाई सस्थाको सल्लाहकार बाट निलम्बन गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

फिप्नाका निवर्तमान अध्यक्ष समेत रहेका वाईबाले व्यक्तिगत स्वर्थले अभिप्रेरित भइ संस्थाको वेवास्ता गरी छलफलै नगरी नेपाल डे परेड जस्तो मेला आयोजना गर्न लागेको आरोप फिप्नाले लगाएको छ । वाईबासँगै फिप्नाका निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई पनि कारबाही गरेको छ।

दुबैले अब फिप्नाको तर्फबाट प्रतिनिधि र पर्यवेक्षक हुन पाउने छैनन्। ‘बैठकले निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट समेत प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि कारबाहीको निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन गरिएपनि एकपटक आगामी संघीय परिषदको बैठकमा स्पष्टीकरण सोधिने फिप्नाले जनाएको छ ।

विवादकाबिच नेपा वाईबा, श्रेष्ठलगायतले नेपाल डे परेड मे २० मा गर्ने तयारी गरिसकेको छ ।

विज्ञप्ति जस्ताको तस्तै

आईतबार, अप्रिल २२, २०१८

प्रेष-बिज्ञप्ति

 

       नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका केन्द्रीय समिति र महासंघको सम्पूर्ण सदस्य संस्थाहरुको सहभागितामा शनिबार, अप्रिल २१, २०१८ फिप्नाको कार्यालयमा बसेको बृहत बैठकबाट निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठले सस्था बिरुद्ध गतिबिधि गरेको र सस्थाले पटक पटक छलफलको लागि पहल गर्दा समेत वास्ता नगरेकोले बैठक बसेको मितिबाट संघिय परिषद्को बैठक सम्मको लागि लुईसांग वाईबा तामाङलाई सस्थाको सल्लाहकार बाट निलम्बन गरिएको छ | सोहि बैठकले निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट समेत प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि कारबाहीको निर्णय गरिएको छ | तर फिप्नाको आगामी संघिय परिषद बैठकमा एकपटक स्पस्टिकरण दिने अवसर दिईने निर्णय भएको छ |

फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण संघ सस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्युयोर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस,  एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स बिभाग र क्वीन्स काउन्टी कोर्ट मा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनि प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ |

नेपाल डे परेड २०१६ र २०१७ सम्पन्न गर्न फिप्नाको नाममा छुट्टै बैंक एकाउन्ट खोलिएको र सम्पूर्ण आर्थिक कारोबार फिप्नाको नाममा गरि फिप्नालाई अहिले सम्म बिलभरपाई सहितको कुनै पनि हर-हिसाब, बैंक एकाउन्ट बिबरणहरु पटक पटक अनुरोध गर्दा पनि नबुझाएकोले फिप्ना कानुनि सहयोग लिन बाध्य भएको जानकारी गराउदै व्यक्तिगत स्वार्थपूर्ण तरिकाले गरिने सम्पूर्ण गतिबिधि बिरुद्ध सहयोग र सहकार्यको लागि सम्पूर्णमा महासंघ यसै बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछ |

सम्बन्धित समाचार