लुक्लामा जहाज दुर्घटना, तीन जनाको मृत्यु, यसरी भएको थियो दुर्घटना[भिडियो]

April 14, 2019

काठमाडौं । साेलुखुम्बुकाे लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटना भयो ।

समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो ।

दुर्घटनामा जहाजका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो ।

विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठकाे काठमाडाैं ल्याइएपछि उपचारका क्रममा मृत्यु भयो ।
दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरकाे हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् । उक्त जहाजकी एयर हाेस्टेज रश्मी लामा सामान्य घाइते छिन् । घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जहाज दुर्घटनाको सिसिटिभि फुटेज यस्तो छ

दुर्घटनापछिको भिडियो

सम्बन्धित समाचार