लोकसंस्कृति सम्बन्धी राष्ट्रिय सङ्गोष्ठी लुम्बिनीमा सुरू

October 8, 2017

मोहम्मद हबिब/भैरहवा 

लोक वार्ता परिषद् नेपालको आयोजनामा नेपाली लोकवार्ता (लोकसंस्कृति) सम्बन्धी सातौँ राष्ट्रिय सम्मेलन आईतबारबाट लुम्बिनीमा सुरू भएको छ । नेपाली कला र लोकसस्कति जर्गेना तथा संरक्षणका लागि नेपाल लोकवार्ताको राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । सम्मेलनले कलासंस्कृति, पर्यटन, सिप, सिर्जना, लगायत नेपाली समुदायमा रहेको कला तथा लोकसंस्कृतिहरुको पहिचान गरी टेवा पु¥याउने छ ।

असोज २२ गते देखि २९ गतेसम्म हुने कार्यक्रममा परम्परागत रुपमा चलिआएका यावत् विषयहरु लोकगीत, लोकगाथा, उखान, टुक्का, कथा, लोकसाहित्य, तथा परम्परागत लोक उपचार, कृषिप्रविधि, वास्तुकला, नृत्य, चित्रकला,आभूषण परिधान, संगीत, इतिहास, पुरातत्व जस्ता विषयमा केन्द्रित भई सङ्गोष्ठी हुनेछ । विगतमा विभिन्न भागमा हुदै आएको सम्मेलन यसपटक बुद्धजन्मस्थल लुम्बिनीबाट हुनेछ । कपिलवस्तुको तौलिहवा, रुपन्देहीको लुम्बिनी र वुटवल तथा नवलपरासीको त्रिवेणीधाममा हुने लोकवार्तासम्बन्धी सङगोष्ठीमा देशभरिबाट ६० जना सम्बद्ध, प्राध्यापक, विद्वान, विज्ञ, अनुसंधानकर्ता, प्राज्ञ, प्रा.डा., साहित्यकार तथा लोकवार्ताका संवाहकहरुको सहभागिता रहनेछ भने सम्मेलनमा कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ ।

यस क्षेत्रका तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, जगदीशपुरताल, लुम्बिनी, सिद्धबाबा, रामापिथेकस, जितगढीदेवदह, मणिमुकुन्द पार्क, रामग्राम, वालमीकि आश्रम, त्रिवेणी लगायतका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक स्थलहरुको निरीक्षण अवलोकन हुनुका साथै उल्लेख्य योगदान पु¥याउने लोकवार्ताका संवाहकहरुलाई सम्मान पनि गरिनेछ । सातौँ राष्ट्रिय सम्मेलनमा भाग लिने सहभागीहरुलाई शनिवार भैरहवामा स्वागत गरिएको छ, सहभागी टोली शनिवार साझँनै लुम्बिनी पुग्ने लोकवार्ता परिषद नेपालका उपाध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले बताए । कार्यक्रममा सहभागि प्राध्यापकहरुले नेपाल सरकारको राष्ट्रिय संस्कृति नितिका अबधारणा, एवम् उद्धेश्य, अहिलेको आवस्यकता, चाल्नु पर्ने कदम लागायतका विषयमा आ–आफ्ना विचार राख्ने कार्ययोजना बनाउने तयारी रहेको बताईएको छ ।सम्मेलनमा सहभागिको विचारलाई समेटेर लोकवार्ता नामक पुस्तक प्रकासन गर्ने आयोजकले बताएका छन ।

सम्बन्धित समाचार