मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई, जगदम्बा-श्री वात्सायनलाई

August 27, 2017

काठमाडौं । यस वर्षको मदन पुरस्कार  घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाउने भएको छ । यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीले गरेको छ ।

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।

मदन पुरस्कार-२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।

 

सम्बन्धित समाचार