माधव नेपालले प्रचण्डसँग भने- हामी दुबै भएर पार्टीलाई मिलाउनुछ

December 2, 2017

काठमाडाै‌ं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हात मिलाउँदै दुबै भएर पार्टीलाई एक बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन्।

शनिबार पेप्सीकोलामा बिहानी घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत रहेका नेपालले भने, ‘हामी दुइ नेता मात्र होइनौ, दुइ आन्दोलनका प्रतीक पनि हौ। त्यसो हुनाले हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेछ। दुइटै पार्टीलाई चुनावपछि मिलाउनु छ।’

वाम गठबन्धन मिलेर चुनावमा चुनाव जानु जनताको सुखको लागि, देशको गौरवको लागि भएको उल्लेख गर्दै नेपालले जनताको समृद्धिका जनताको हकअधिकार सुरक्षित गर्नका लागि वाम गठबन्धनको जित आवश्यक रहेको भनाई राखे।

कार्यक्रममा नेपालले प्रचण्ड देशलाई निर्णायक मोड दिन सक्ने नेता भएको दाबी गरे। भने-‘नेपाली राजनीतिलाई निर्णायक मोड दिनसक्ने नेता उहाँ हुनुहुन्छ।’

प्रचण्डले माधव नेपालले शान्ति र स्थिरता ल्याउन ठुलाे याेगदान दिएको बताउँदै नेपाललाई जिताउन अाग्रह गरेका थिए ।

सम्बन्धित समाचार