आविष्कार केन्द्र देशविदेशमा रहेको नेपालीहरुको सहयोगमा बनाउने छु-महाविर पुन

May 18, 2017

विदेशमा डिग्री लिएका थोरैले बाहेक धेरैजसोले नेपालको विकासको बारेमा सोचेका नहुन सक्छ । कतिपयलाई त सोच्ने फुर्सद समेत नहुन सक्छ । विदेशमा अध्ययन सके लगतै देशको लागी महत्वपुर्ण योगदान दिदै आएको व्यक्तिहरुभित्र पर्छ महाविर पुन । अमेरिकाको युनिभर्सिटि अफ नेब्रास्काबाट विज्ञान विषयमा डिग्री हासिल गरेर नेपाल फर्केका महाविरले अहिलेसम्म नेपालको दुर्गम १५ जिल्लाको २ सय गाउमा वयरलेस इन्टरनेट सुविधा पुर्‍याउन सफल भएको छ । सन २००७ मा एशियाको नोबेल पुरस्कारले चिनिने म्यागासेसे पुरस्कारबाट सम्मानित उहाले राष्ट्र निर्माणको लागी रााष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुभएको छ । विकसित मुलुककै जस्तो केन्द्र बनाउनका लागी उहाले पोखराको बेगनास ताल नजिकको २७ रोपनी जग्गा केन्द्रलाई अनुदान दिनु भएको छ । केन्द्र मार्फत दिनरात देशको विकासको बारेमा सोच्दै आउनु भएको अतिनै सरल र दुरदुष्टि डा महाविर पुनसग एभरेष्ट टाइम्सका लागी आङछिरिङ शेर्पाले गरेका कुराकानी ।

अमेरिकामा डिग्री लिनेहरु प्राय सवै यतै जीवन विताइरहेको छन तर तपाई चही गाउमै बस्ने इच्छा कसरी जाग्यो ?
पहिलो कुरा अमेरिकामा पनि दुख छ । नेपालमा भन्दा यहाको जीवन कठिन छ । परिश्रम गर्नेलाई यहा राम्रो छ तर परिश्रम नगर्नेलाई यहा बाच्न गारो छ । बरु नेपालमा काम नगरिकन बाच्नेहरु छन । मैले अमेरिकामा डिग्री लिएपछि यहा काम गर्ने धेरै अवसरहरु पाएका थिए । त्यतिखेर यहाको शिक्षा लिएर नेपालमै बस्छु भन्ने सोचेको थिइन । त्यसो त नेपालमै बस्नु पर्छ भनेर कसैले प्रेरित गरेको पनि थिएन । अमेरिकाबाट अध्ययन सकेर नेपाल फर्के वितिकै शुरुमा गाउमा विद्यालय बनाउन सहयोग गरियो । त्यसपछि विद्यालयको दिर्घाकालिन व्यवस्थापनका लागी विभिन्न कार्यक्रमहरु शुरु गरियो । गाउ गाउमा तार विनाको वायरलेस इन्टरनेट पुर्‍याउछु भन्ने तिर लागीयो । हाम्रो देश पर्यटन दृष्टिले धेरै राम्रो भएपनि पर्यटन क्षेत्रको रुपमा विकास हुन सकेको थिएन । बस्दै जाने क्रममा देशमा विभिन्न समास्याहरु देख्न थालेपछि आफुले केही मद्धत गर्न सकिन्छ भनेर देशकै समाजिक विकासमा २५ वर्ष विताए ।

यतिको लामो समय नेपालको विकासमा कसरी विताउनु भयो ?
मनमा देशको लागी केही गर्छू भनेर लागेपछि आफनै योजनामा लागी रहे । यतिको समयसम्म मैले कुनै पनि एनजिओ आइएनजिओ र सस्थाको नोकरी गरेर विताएको होइन । मैले कुनै व्यवसाय पनि गरिन । एउटा झोला बोकेरै गाउबस्तीमा विताए । सामाजिक कार्य गरेपछि अरुको केहीको पनि चासो र चिन्ता भएन । आफनै योजनामा भुलिरहे । सामाजिक काम गर्ने क्रममा अहिलेसम्मको विताएको हिसाब गर्ने हो भने मेरो जीवनको ३३ प्रतिशत यसैमा वितेछ ।

कुन उद्धेस्यले गाउमा पहिलो पटक वयरलेस पुर्‍याउनु भयो ?
आफुले सिकेको र जाने अनुसार गाउको विकासका लागी पहिलो पटक वयरलेस इन्टरनेट सेवा पुर्‍याए । त्यतिखेर वाइफाई भर्खरै आएको थियो । यो नाफामुलक ढंगले चलाएको होइन । दुर्गम पहाड जस्तो छरिएको गाउमा वयरलेस नाफाको लागी कसैले पनि लगानी गदैन थियो । विशेष गरि गाउको विद्यालयमा पढने विद्यार्थीहरुको शिक्षा स्वास्थ्यको क्षेत्रमा पनि केही सहयोग होस भनेर वायरलेस इन्टरनेट पुर्‍याएको हो । यसको साथै अब इकर्मस र बैकिङको अवधारण अनुसार स्मार्ट भिलेज बनाउने उद्धेस्यले वायरलेस इन्टरनेट पुर्‍याएको हो । अहिले नेपालको १५ जिल्लाको २ सय भन्दा बढि गाउहरुमा विस्तार भएको छ ।

तपाईको अगुवाईमा बन्न लागेको राष्ट्रिय आविष्कार केन्द्र के हो ?
२५ वर्ष सम्म जुन समाजिक काम गरे यो समाजिक कामले मलाई चित्त बुझेन । सामाजिक काम गर्दा समाजलाई र।हत त हुदो रहेछ तर देशको विकास नहुने रहेछ । सामाजिक सेवा त सवैले गरिरहेकै छ । विदेशमा बसेर पनि गरिरहेको छ । तर अब देशको विकास गर्नका लागी फरक ढंगबाट केही गरु भन्ने उद्धेस्यले आविष्कार केन्द्रको स्थापना गरेको हो । हाम्रो देशको विकास गर्नका लागी आर्थिक बिकास गर्नुपर्छ । आर्थिक विकास गर्नका लागी कुनै पनि चीज वेच्नु पर्छ । त्यसको लागी देशमै उत्पादन गर्नुपर्‍र्यो । देशमा रोजगारको अभावले वर्षेनी विदेशीएको युवा जनशक्तिलाई देशमै रोजगार दिनु र देशमा जन्मने स्मार्ट र टयालेन्ट व्यक्तिहरुलाइ देशमा बस्न वातवारण बनाउनुनै केन्द्रको उद्धेस्य हो । त्यस्तै ४० वर्षभित्रमा नेपालमा नया नया प्राविधिको विकास गरि देशको प्रतिभाशाली व्यक्तिहरुलाई फलाउने, फुलाउने र विभिन्न सामानहरु उत्पादन गरि नाफा कमाउनु पर्छ भन्ने रााष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्धेस्य हो । ५० करोडको लागतमा स्थापना गर्न लागेको केन्द्रको दिगो व्यवस्थापनको लागी १० मेगावाटको हाइड्रोपावर बनाएर वार्षिक २० देखि २५ करोड रुपैंया आम्दानी गरेर केन्द्र संचालन गर्न हाम्रो लक्ष्य हो । केन्द्र भनेको राष्ट्र निर्माणमा योगदान पुर्‍याउने मुख्य खुडकिला हो ।

देश बनाउने केन्द्रको प्रस्ताव सरकारलाई बुझाउदा कस्तो रेस्पोन्स भयो ?
देशको विकास लागी तयार गरिएको केन्द्रको यो प्रस्ताब लिएर तत्कालिन सरकार प्रमुख खिलराज रेग्मी, शुसिल कोइराला, केपि ओलि र बाबुराम भट्टराईलाई आफै भेटेर यो बुझाएको थिए । तर खिलराजको पालामा आफु चुनाव गर्ने मात्र बनेको सरकार भएकोले केही सहयोग गर्न सक्दैन भनेर टारेका थिए । तर अन्य सरकारहरुले यो राम्रो अभियान हो हामी सहयोग गर्छु भनेर विभिन्न किसिमको आश्वसन बाहेक केही पनि सहयोग भएको छैन ।
केन्द्र निर्माणको लागी सरकारबाट कस्तो आशा लिनु भएको हो ?
देशकै फाइदाको लागी बनाएको केन्द्रमा सरकार यसमा संलग्न भइदिएर चाहेको अनुदान देओस भन्ने हाम्रो ठुलो आशा हो । तर यदि सरकार संलग्न हुन सक्दैन र अनुदान पनि दिन सक्दैन भने हामीलाई एक प्रतिशतका दरमा बैकबाट ऋण दिलाइदिओस भन्ने आशा समेत गरेका छौ । त्यो ऋण हामी विस्तारै तिर्नेछौ ।

सरकारले चासो दिन नसकेको यो केन्द्र कसरी बनाउने योजना बनाउनु भएको छ ?
४० वर्षमा नेपाललाई फरक बनाउ भन्ने केन्द्रको यो भिजनलाई सरकारले वास्ता गरेन भनेर हामी चुप लागेर बस्ने होइन । सचेत नागरिकको हैसियतमा सरकारले नगरेको काम अब नागरिक गर्नुपर्छ भनेर हामी सबैको साझा भिजन बनाएर अघि बडेको छौ । यसको लागी ५० करोडको रकम संकलन गर्न तिर लागेका छौ । ४ महिना अघिदेखि शुरु भएको यो भिजन कार्यन्वयनका लागी अब देशविदेश सवैतिरको जनस्तरको सहयोग मागीरहेको छौ ।

तपाईले यो अभियानको लागी कसलाई खटाउनु भएको छ ?
मेरो अभियानको लागी मैले कसैलाई खटाएको छैन । स्वयमसेवकको रुपमा ह्दयदेखिन सहयोग गर्छु भन्ने मित्रहरु अहिले विभिन्न मुलुकमा खटिरहेका छन । अहिलेसम्म अष्ट्रिलिया, कतार, वेलयत र अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गर्नेहरु प्रतिनिधिको रुपमा खटेर सहयोग गरिरहेका छन ।

अमेरिका भ्रमण कस्तो रहयो ?
कतिपय मान्छेहरुमा म अमेरिकामा केन्द्रको लागी आर्थिक संकलन गर्न आयो भन्ने भएछ तर म आर्थिक संकलन गर्न मात्र आएको होइन । मेरो प्रथामिकता आर्थिक मात्र होइन तर सवैको आइडिया, रायसुझाव र सहयोग लिनु मात्र हिडेको हो । यो दिर्घाकिालन अभियान मैले शुरु मात्र गरेको हो तर अब सवैको आइडिया र सहयोगको जरुरत भएको छ । पैसा मात्र होइन बढि भन्दा बढि नेपाली सम्म यो पुर्‍याउनका लागी म यहासम्म आएको हो ।

अन्तमा विदेशमा बस्ने नेपालीहरुलाई के भन्नु हुन्छ ?
हामी नेपालीहरु विदेशमा आउनुको कारण रहरले होइन करले हो । नेपालमा भनेजस्तो रोजगार नभएकोले हामीहरु विदेशीनु परेको हो । अर्को अर्थमा हाम्रो देश गरिब भएर हामी विदेशमा आएको हो । देश धनी बनाउन अब हामीले केही गरु भनेर राष्ट्रिय अविष्कार केन्द्र खुडकिलाको रुपमा बनाउन लागेको छौ । यो अभियानलाई तपाईहरु जहासुकै भएपनि प्लिज आफुसक्दो सवैले योगदान र सहयाग गरौ भन्ने अनुरोध छ ।

उहाको अभियान सफल बनाउनका लागी देश विदेशमा रहेका नेपालीहरुले यसरी सहयोग गर्न सकिन्छ ।

आर्थिक सहयोग गर्ने चाहनेहरूले यी बैङ्कहरूमा नगद जम्मा गरेर भौचरको फोटो nicnepal.mahabir@gmail.com मा पठाउनु होला अथवा 9841592361 मा महाबीर पुन लाइ फोन गर्नुस ।
1. राष्ट्रिय आविष्कार केन्द्र, खाता नम्बर 00100105201853, एभरेष्ट बैङ्क, नयाँ बानेश्वर शाखा काठमाडौँ Swift Code – EVBLNPKA
2. राष्ट्रिय आविष्कार केन्द्र, खाता नम्बर 01906322060017, हिमालायन बैङ्क , ठमेल शाखा,काठमाडौँ Swift Code – HIMANPKA
3. नेपालमा eSewa मार्फत आविष्कार केन्द्रको लागि पैसा पठाउन यहाँ Click गर्नुहोस् – www.nicnepal.org/donation ( यसमा कुनै कमिसन काटिने छैन – सौजन्य eSewa Pvt. Ltd.)
4. बिदेश बाट gofundme.com मार्फत Credit Card प्रयोग गरी आविष्कार केन्द्रको लागि पैसा पठाउन यहाँ Click गर्नुहोस् – www.gofundme.com/nic-nepal ( तपाईंले दान गरेको रकममा Deerwalk Foundation ले रकम थपेर दिनेछ

सम्बन्धित समाचार