आफ्नै कमजोरीले काँग्रेस दोस्रो–महत  

July 9, 2017

नगरकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताएका छन् ।  आइतबार शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उहाँको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र  आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो धक्का पुग्ने बताए । महतले भने, “स्थानीय निर्वाचनमा हामी दोस्रो भयौँं होला तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट भने हामी कहिले पनि विमुख हुनेछैनौँ । ”

सम्बन्धित समाचार