Everest Times

‘मधेसी मोर्चा र एमालसँगको सहमतिमा संविधान संशोधनको नयाँ प्रस्ताव तयार’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशी मोर्चालेसमेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको बताएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले अगाडि भने “आजै मैले अर्को नयाँ संविधान संशोधन विद्येयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ । देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा म बिश्वस्त छु ।”
प्रधानमन्त्रीले मधेशी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै बैशाख ३१ मै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा अब कुनै प्रश्न बाँकी नरहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्