Everest Times

मधेशी समाजलाइ प्रधानमन्त्रीले भने- निर्वाचन सहज वातावरणमा हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
अाइतबार बिहान सिंहदरवारमा मधेशी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले देश निर्वाचनमा जुटिसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि रहेको स्पष्ट पारे । उनले संविधान संशोधन प्रस्ताववारे आज भोली नै टुंग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको बिकल्प नभएको बताए ।

प्रधानमन्त्रीले संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताए । मधेशी जातीय समन्वय समाजले संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्