Everest Times

संविधान संशोधनको नयाँ प्रस्ताव पारित हुन्छ, चुनाव तोकिएकै मितिमा-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्रीले सकेसम्म सबैको भावना समेट्ने र सहमति जुट्ने गरी संविधान संशोधनको दोस्रो प्रस्ताव तयार गरिएकाले यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरे ।
प्रधानमन्त्रीले प्रस्तावित विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको बताउँदै आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्