पहिलो चरणः प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार तय, मुख्य दलबाट कोको(सूचीसहित)

October 23, 2017

एभरेस्ट टाइम्स/काठमाडाैं

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।  आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको पार्टी कार्यालयले जनाएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने काँग्रेसले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

काँग्रेसले चुनावी गठबन्धनका लगि सहमति भएका दलहरू संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति नेपाललगायत दलसँग सहकार्य गर्ने गरी उम्मेदवार चयन गरेको छ । सोही सहमतिअनुसार पार्टीले कतिपय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलका उम्मेदवारलाई सघाउने भएको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको छ । साथै दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

पहिलो चरणमा हुने निर्वाचनका लागि काँग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छः  

प्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का उम्मेदवारको सूची

प्रतिनिधिसभातर्फका उम्मेदवार 

दार्चुला – गणेशसिंह ठगुन्ना

बाजुरा – लालबहादुर थापा

बैतडी– दामोदर भण्डारी

बझाङ – भैरवबहादुर सिंह

डोल्पा– धनबहादुर बुुढा

मुगु – गोपाल बम

मुस्ताङ – प्रेमप्रसाद तुलाचन

मनाङ – पोल्देन छोपाङ गुरुङ

म्याग्दी– भूपेन्द्रबहादुर थापा

रसुवा – जनार्दन ढकाल

नुवाकोट २ – नारायणप्रसाद खतिवडा

धादिङ १ – भूमि त्रिपाठी

धादिङ २– खेम लोहनी

पाँचथर– वसन्तकुमार नेम्वाङ

ताप्लेजुङ– योगेश भट्टराई

संखुवासभा– राजेन्द्र गौतम

ओखलढुंगा– यज्ञराज सुनुवार

खोटाङ – विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार 
दार्चुला (क) – वीरबहादुर ठगुन्ना

बाजुरा (क) – बलदेव रेग्मी

बाजुरा (ख) – प्रकाश शाह

बैतडी (ख) – लीलाधर भट्ट

बझाङ – अर्जुन थापा

डोल्पा (क) – नन्दसिंह बुढा

मुगु (क) – दानसिंह परियार

मुगु (ख) – चन्द्रबहादुर शाही

जुम्ला (ख)–  पदमबहादुर रोकाय

कालिकोट (क) – कुर्मराज शाही

जाजरकोट (क) – निरज आचार्य

जाजरकोट (ख) – करवीर शाही

मुस्ताङ (क) – इन्द्रधारा विष्ट

मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन

मनाङ (क) – दोर्जे डण्डुल गुरुङ

मनाङ (ख) – खण्डा लामा गुरुङ

म्याग्दी (ख) – नरदेवी पुन

लमजुङ (क) – धनञ्जय दवाडी

लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ

गोरखा (१ (ख) – रामशरण बस्नेत

रसुवा (क) – कन्र्याल तामाङ

नुवाकोट १ (ख)–  बद्री मैनाली

नुवाकोट २ (क)–  केशव पाण्डे

धादिङ १ (क) – राजेन्द्रप्रसाद पाण्डे

धादिङ २ (क) – डा रामकुमार अधिकारी

पाँचथर (क) – गणेशकुमार काम्बाङ

ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ

संखुवासभा (ख)–  तुलसी न्यौपाने

भोजपुर (क)–  राजेन्द्रकुमार राई

भोजपुर (ख)–  शेरधन राई

ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ

सोलुखुम्बु (क) – मानवीर राई

सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी

खोटाङ (क) – राजन राई

रामेछाप (क)–  शान्तिप्रसाद पौडेल

रामेछाप (ख)–  कैलाश ढुङ्गेल

 

नेकपा (माओवादी केन्द्र) बाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली  ः

१. संघीय संसद्का उम्मेदवार ः

भोजपुर सुदन किराँती

सोलुखुम्बु हेमकुमार राई

रामेछाप श्यामकुमार श्रेष्ठ

सिन्धुपाल्चोक क्षेत्र नं २ अग्निप्रसाद सापकोटा

नुवाकोट क्षेत्र नं १ हितबहादुर तामाङ

लमजुङ देवप्रसाद गुरुङ

गोरखा क्षेत्र नं १ हरिराज अधिकारी

क्षेत्र नं २ नारायणकाजी श्रेष्ठ

बाग्लुङ क्षेत्र नं २ देवेन्द्र पौडेल

रोल्पा वर्षमान पुन

रुकुम (पूर्व) कमला रोका

रुकुम (पश्चिम) जनार्दन शर्मा

जुम्ला गजेन्द्र महत

कालिकोट दुर्गाबहादुर रावत

हुम्ला चिमी लामा

जाजरकोट शक्तिबहादुर बस्नेत

२. प्रादेशिक संसद्का उम्मेदवार ः

ताप्लेजुङ (ख) टंक आङबुहाङ

पाँचथर (ख) इन्द्र आङ्बोङ

संखुवासभा (क) पूर्णप्रसाद राई

ओखलढुंगा (ख) मोहनकुमार खड्का

खोटाङ (ख) रामकुमार राई

दोलखा (ख) विशाल खड्का

रसुवा (ख) इन्द्रबहादुर गोतामे

सिन्धुपाल्चोक २ (क) युवराज दुलाल २ (ख) दावा लामा

नुवाकोट १ (क) राधिका तामाङ २ (ख) हीरानाथ खतिवडा

धादिङ १ (ख) शालिकराम जमरकट्टेल २ (ख) जगत सिम्खडा

म्याग्दी (क) विनोद केसी

गोरखा १ (क) लेखबहादुर थापा २ (क) कमल नहर्की २ (ख) अमरबहादुर गुरुङ

बाग्लुङ २ (क) चन्द्रबहादुर बुढा

रोल्पा (क) कुलबहादुर केसी (ख) दीपेन्द्र पुन

रुकुम (पश्चिम) (क) गोपाल शर्मा (ख) रातु कामी

रुकुम (पूर्व) (क) तेजबहादुर ओली (ख) पूर्णबहादुर घर्ती

डोल्पा (ख) वीरबहादुर शाही

हुम्ला (क) लालकेश जैसी (ख) विजय भण्डारी

जुम्ला (क) नरेश भण्डारी

कालिकोट (ख) महेन्द्रबहादुर शाही

जाजरकोट (क) गणेश सिंह

बझाङ (ख) देवकी मल्ल

बैतडी (क) केशवबहादुर भट्ट

दार्चुला (ख) मानबहादुर धामी

सम्बन्धित समाचार