६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मन्त्री यादवको व्यंगः तरकारीको मूल्य पनि तोकिदिन लेखा समितिलाई आग्रह


२० आश्विन २०७५, शनिबार  

0
Shares

चिनीको बजार मूल्य विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो ।

बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । बिहीबार समितिले ६३ रुपैयाँ तोक्ने निर्णय गरेपछि दुई निकायबीच विवाद देखिएको हो । ‘समितिबाट चिनीको भाउ ६३ रुपैयाँ तोक्न पत्र आएको छ । भाउ कार्यान्वयन गर्ने हैसियत मन्त्रालयको छैन । हाम्रो औकातको विषय होइन’, शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री मातृका यादवले भने, ‘पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्छु । प्रधानमन्त्रीको निर्देशनपछि कार्यान्वयन हुनसक्छ।’

उनले समितिलाई व्यंग्य गर्दै तरकारीलगायत अन्य खाद्यान्न्को भाउ तोकिदिन आग्रह गरे । भाउ तोक्न मन्त्रालयले समितिलाई पत्र पठाउने उनले बताए । कान्तिपुर दैनिकमा  खबर छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  ७ : ४८ बजे