बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्रीलाइ माओवादीले दियो ३५ लाख

August 23, 2017

काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) ले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४,९९,२६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४,९९,२६० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।

यसअघि हिजो एमालेले एक करोड प्रधानमन्त्री देउवालाइ हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार