प्रदेश २ मा माअोवादीले जित्यो मेयर, प्रचण्डको क्षेत्रमा खुसीयाली

September 20, 2017

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् । दुवै माअोवादी केन्द्रका उमेदवार हुन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो ।

कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

सम्बन्धित समाचार