माओवादी केन्द्र संसदीय दलको नेता: १ मा टंक, ३ मा शालिकराम, ६ मा शाही

February 8, 2018

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा टंक अाङ्बुहाङलाई संसदीय दलको नेतामा चयन गरेको छ।

प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ ।

संसदीय दलको आज बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ ।

प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जनाए।

प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) चयन भएका छन् । संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद कृष्णा शाहले जानकारी दिए ।

सम्बन्धित समाचार