ललितपुरका मेयर चिरिबाबुलाई ताम्राकार समाजको अण्डा र माछा

June 1, 2017

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले विगत चौध–पन्ध्र वर्ष जनप्रतिनिधि विहीन रहेको अवस्थामा ललितपुरका ताम्रकार समाज लगायतका जातिय समाजहरुले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशांसा गरे।

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उप प्रमुख तथा वडा अध्यक्षहरुलाई ताम्रकार समाजको तर्फवाट आयोजना गरिएको वधाई तथा शुभकामना कार्यक्रममा उनले जनप्रतिनिधि नभएको समयमा विभिन्न समुदाय, संघ, संगठन द्वारा गरीएका राम्रा कामहरुको तिरो तिर्ने वेला आएको बताए । उहांले अब निर्धक भएर महानगरको विकास, निर्माण तथा समस्या समाधानमा लाग्ने र त्यसमा नगरको सम्पूर्ण जातिय समाजहरुको साथ सहयोगको अपेक्षा गरे ।

ताम्रकार समाज भवन, जावलाखेलमा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कला, संस्कृति, सम्पदा, चाड पर्व, भाषाहरु महानगरको गहना भएकोले त्यसको संरक्षण, सम्वद्र्धनमा जनप्रतिनिधिहरुले विशेष ध्यान पु¥याउन अनुरोध गरे । उनले सम्पदा पुनः निर्माणमा स्थानिय श्रोत साधन, जनशक्तिलाई प्राथमिकतामा पार्न पनि अनुरोध गरे ।

नेवारी परम्परा अनुसार अण्डा, माछा, बाराका साथ नवनिर्वाचित प्रमुख, उप प्रमुख एवं २९ वटै वडाका अध्यक्षहरुलाई सगुन दिइएको थियो । उक्त कार्यक्रममा उप प्रमुख गीता सत्याल, ४ नं वडाका अध्यक्ष नारायण के. सी., समाजका निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार, महासचिव शम्भु गोविन्द ताम्रकार लगायतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत हरि प्रसाद दाहाल, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुप कुमार शाक्य लगायत विभिन्न जातिय समाजका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार