मेलम्चीमा तीज धमाका हुँदै, काउलीबुढीसहित दर्जन कलाकारको प्रस्तुति रहने

September 11, 2018

फूलमान तामाङ/मेलम्ची 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले हरितालिका तिजको अवसरमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि भदौ २९ गते शुक्रबार मेलम्ची बजारमा जनचेतनामुलक तिज धमाका हुन लागेको हो । कार्यक्रम मानव बेचबिखन तथा ओसारपोसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरुको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम हुने प्रतिष्ठानका अध्यक्ष योगेश लामाले बताए ।

कार्यक्रममा विभिन्न सेवामुलक संघ संस्थाले साझेदारि गर्दै आयोजना गरेका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान , अन्तरपार्टि महिला संजाल मेलम्ची र वर्क फर नेपाल फाउन्डेसन ललितपुरले संयुक्त रुपमा आयोजना गरेको हो ।

अध्यक्ष लामाको भनाई अनुसार ‘भदौ २८ गते राष्ट्रिय लोक तथा दोहोरी प्रष्ठिानको अधिवेशन र २९ गते बृहत साँस्कृतिक कार्यक्रमसँगै कलाकार तथा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिने छ ।

कार्यक्रममा राष्ट्रिय गायक गायिका एवम कलाकारहरु प्रेम लोप्चन , ईन्दिरा गोले , दिनेश काफ्ले , भिमसेन खतिवडा , सरोज मोक्तान, काउली बुढी, योगेश लामा , नविन खड्का , आस्मान लोप्चन , रविन भुजेल , प्रदिप रोक्का, सृष्टि महर्जन , रिता बुढाथोकि , कल्पना दाहाल , राजेन्द्र भण्डारि, ओम तामाङ वाईबा र सरिता थापालगायतको बेजोड सास्कृतिक प्रस्तुति रहने छ।

कार्यक्रममा आसपासका पायक पर्ने सबै दर्शकलाई उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन आयोजक टिमले हार्दिक अनुरोध गरेका छन् ।

हेलम्बुमा तीज विशेष कार्यक्रम

त्यसैगरी हेलम्बु गाउँपालिका वडा –२ को आयोजनामा तीज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम गर्ने भएको छ । हेलम्बु गाउँपालिका २ को कार्यालया किउलले आयोजना गर्न लागिएको उक्त कार्यक्रम जनचेतनमूलकका साथै प्रतियोगीत्मक तथा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने आयोजकले बताए ।

कार्यक्रममा पूर्व सांसद जयन्ती राईको प्रमुख आतिथ्यता र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुत समेत रहेन जानकारी दिए । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा पछिल्लो समयमा देखिएका विकृति र विसंगतीलाई रोकथाम गर्ने उद्देश्यका साथ सकारात्मक सन्देश सहित जनचेतना अभिवृद्ध गराउन हेलम्बु गाउँपालिका –२ किउलले भदौ २७ गते आफ्नै कार्यालय प्राङगनमा कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।

सम्बन्धित समाचार