७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पर्यटनमन्त्री अधिकारीको अन्तिम भाषण, ‘तेह्रथुमको चुहानडाँडामा विमानस्थल जसरी पनि बन्छ’


१५ फाल्गुन २०७५, बुधबार  

0
Shares

ताप्लजुङ । तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएका थिए । त्यहाँबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परि सवार सबै जनाको मृत्यु भयो ।

जस मध्य एक हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी । उनले तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणको क्रममा एक कार्यक्रममा उनले एयरपोर्टको सन्दर्भमात्र चलाउन हैन विमानस्थल बनाउन नै आएको बताएका थिए ।

उनले एयरपोर्टको नक्सा देखाउदै भनेका थिए, ‘म संग एयरपोर्टको नक्सा, डिजायन र स्टामेट सबै तयार छ । यहाको एयरपोर्ट निर्माण गर्नको लागि पहिला २९ करोड भनिए पनि अहले ८७ करोडको खर्च हुने अवस्था छ ‘

उनले आफु यतिबेला दुई वटा सन्दर्भ मात्र सुनाउन चाहेको बताएका थिए । ‘एक वर्तमान सरकार बनिसके पछाडि, मुलुको आर्थिक विकास र समृद्धिको यात्रालाई, अभियानलाई सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ ।’

‘हामी उहाको नेतृत्वमा नै काम गरिरहेका छौं । यो ठाउँ उहाको जन्मथलो भएको कारणले मात्र नभएर, यो ठाउँ यस क्षेत्रको सबै भन्दा उपयुक्त ठाउँ भएको कारण एयरपोर्ट बनाउन लागि रहेको छौं ।’ उनले भनेका थिए ।

‘प्रधानमन्त्रीकै आदेशमा अध्ययन गरी यस ठाउँको नक्सा र स्टामेटका साथ एयरपोर्ट बनाउन  सर्वसम्मत निर्णय भएको हो । र त्यस पछि प्रधानमन्त्रीले म स्वयं नै अनुगमन गर्नु भनि पठाउनु भएर म यहा आएको हु ।’

‘मलाई त यस ठाउको अवलोकन गर्दा यहा एयरपोर्ट बनाउन अत्यन्तै उपयुक्त ठाउँ लाग्यो । यहा कुनै डाँडाँ काडाँले नछेक्ने रहेछ ।’ उनले अब कत्ति पनि ढिला नगरी सो कामलाई अगाडि बढाउने बताएका थिए ।

‘दोस्रो कुरा पानी परिरहेको छ । मौसम पनि खराब छ । तर, हामी जसरी पनि फर्कनु छ । सरकार यतिबेला आफ्नो कामहरु तीव्र गतिमा अगाडि बढिरहेको छ । यतिबेला सरकारको काममा लागि पर्नु नै मेरो कर्तब्य हो ।’

उनले केही मुलुको समृद्धि नचाहनेहरु आत्ति रहेको पनि बताएका थिए । भने, ‘म भन्न चाहन्छु अहिले वर्तमान सरकार निर्माण भएपछि मुलुकको आर्थीक समृद्धिको यात्रामा उल्लेखनिय कामहरु भएका छन् । तर, किन हो केही मुलुको समृद्धि नचाहनेहरु यतिबेला अफवाह फेलाएर आत्ति रहेका छन् । कराई रहेका छन् ।’

‘स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार तीनओटै सरकारको समन्वय, सञ्चालन, संगठानात्मक व्यावस्थापन एवं कानूनी व्यावस्थाहरु सबै हामीले निर्माण गरेर अगाडि बढिरहेका छौं । यो सरकारले राष्ट्र र जनताको निमित्त मात्रै कामहरु गरिरहेका छौं । र अझै हामीले प्रभावकारी कामहरु त गर्न बाकी नै छन् ।’

मन्त्री अधिकारीले कामभएन भनेर त्यतिकै हल्ला गर्नेहरुलाई केही भन्न चाहेको सुनाउदै भनेका थिए, ‘म यति भन्न चाहन्छु । उनिहरुले सरकारले तीव्र गतिमा काम गरिरहेको ले नै उनिहरुले कामकेहि पनि गरिरहेको छैन भनि अफवाह मात्र फैलाइरहेको छन् ।’

‘यो ठाउँमा मध्यपहाडी राजमार्ग को प्रभावकारी ढंगले कामहरु अगाडि बढिरहेको छ । अझै यहा त एयरपोर्ट पनि सुरु हुने भयो । यतिबेला देश भरिका एयरपोर्टलाई सुधार गर्दैछौं । अन्तराष्ट्रिय एयरपोर्टहरु निर्माण गरिरहेका छौं ।’

‘यो देशको ठुला ठुला पूर्वधारहरु जलविद्युत, रोजगारीका कार्यक्रमहररु साथै आर्थिक विकासको अन्य कार्यक्रम सबै क्षेत्रमा काम अगाडि बढेको छ । विशेष शिक्षा र स्वास्थ्येको क्षेत्रमाकाम अगाडि बढेको छ ।’

‘स्थानिय, प्रदेश र संघिय सरकारले प्रभावकारी रुपमा कामहरु गरिरहेको छ । अब मुलुकमा आर्थिक विकास गर्न कसैले पनि रोक्न सक्दैन । कसैको गफले, कसैको अफवाह न कसैको अवरोधले नै रोक्न सक्छ ।’

उनले अन्यमा भनेका थिए ‘यो सरकारको सन्देश हो । कर्तव्य हो ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ०२ बजे