२७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्साकी सिमरनले पहिरिन मिस तामाङको ताज

March 3, 2018

शुभप्रभात राई/काठमाडौ‌ं

शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले मिस तामाङको ताज पहिरिन सफल भइन् ।

बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन् ।

एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए ।

`यदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ ?´ भन्ने प्रश्नमा सिमरनको उत्तर थियो-सामाजिक काममा वफादर भएर लाग्नेछु। मेरो संस्कृतिको संरक्षणमा लाग्नेछु। आफ्नो समूदायमा आफ्नै भाषामा बोल्छु, सक्दो आफ्नै पहिरन लगाउने र यो पहिरन राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार गर्नेछु। पिछडिएका सबै तामाङ चेलीलाई अघि ल्याउन राष्ट्रियस्तरमा काम गर्नेछु ।

जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन् ।

प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन् । सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन् ।

कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका  ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वाचित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलार्इ सम्मान गरियो ।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा,  रीति र धर्मलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार