मिस वर्ल्डमा शृंखला खतिवडा टप १२ बाट आउट

December 8, 2018

मिस नेपाल शृंखला खतिवडाको मिस वर्ल्ड यात्रा टप १२ मा पुगेर टुंगिएको छ।

चीनको सान्यामा जारी मिस वर्ल्डमा एसिया–ओसियाना क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए।

यो क्षेत्रबाट मिस थाइल्यान्ड मिस वर्ल्ड एसिया ओसियनाको उपाधिसहित अन्तिम ५ मा प्रवेश गरेपछि शृंखलाको मिस वर्ल्डको यात्रा टुंगिएको हो।

टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी छिन्।

उत्कृष्ट ५ थाइल्यान्डसँगै युरोपबाट बेलारुस, अमेरिका क्षेत्रबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र क्यारेबियन क्षेत्रबाट जमैका परेका छन्।

सम्बन्धित समाचार