मिस तामाङको अावेदन खुल्यो, माघ ६ गते फिनाले

October 31, 2017

काठमाडौं । मिस तामाङको एघारौं संस्करणका लागि अायोजकले अावेदन मागेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी  अायोजक संस्था नेपाल तामाङ कला–संस्कृति केन्द्रका प्रमुख मिलन मोक्तानले उक्त जानकारी गराएका हुन् ।केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक मोक्तानले दावी गरे ।

पत्रकार सम्मेलनमा मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन, २०१७ की विजेता पिंकी घिसिङले पनि आ–आफ्ना् अनुभव सेयर गरे ।

प्रतियोगिताको ग्राण्ड फिनाल भने माघ ६ गते हुने छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार