नवनिर्वाचित प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

June 7, 2017

काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि सदनबाट आफ्नो निवास जाँदै गर्दा बाटोमा रहेका बेला मोदीले देउवालाई फोन गरेर बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवा र मोदीवीच करिब दश मिनेट कुराकानी भएको गोपाल बाग्लेले जानकारी दिए ।


मंगलबारको संसद्को दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वा्चित भएका हुन् ।

सम्बन्धित समाचार