भारतीय प्रधानमन्त्री मोदीलाई गारद प्रदान, २१ तोपको सलामी

May 11, 2018

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा गारद ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । साँझ साढे ५ बजे उनलाई गारद प्रदान गरिएको हो । मोदीको सलामीमा २१ तोप पड्काइएको छ ।

बिहान साढे १० बजे जनकपुर आएका मोदी नागरिक अभिनन्दन सकी काठमाडौं आएका हुन् । जनकपुरमा उनलाई १२१ किलोको तीन वटा माला लगाइएको थियो ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार