मोरङमा दश तहमा काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य

July 9, 2017

विराटनगर । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् ।  मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।

आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा  काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरंैचा नगरपालिका प्रमुखमा  काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारे ।   सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भए ।  जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस,  मिक्लाजुङ, कानेपोखरी र  ग्रामथानमा एमाले,  बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भए ।

सम्बन्धित समाचार