सन फ्रान्सिस्कोमा मोती जयन्ती

September 3, 2017

सन फ्रान्सिस्को । मोतीराम भट्टले नेपाली साहित्यमामा दिएको योगदानलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले मोती जयन्ती मनाएको छ । च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता डा दुर्गा दाहालले मोतीरामको जीवनी उनको बहु आयामिक व्यक्तित्व र उनले नेपाली साहित्यमा पु¥याएको योगदानकबारे चर्चा गरेका थिए भने रिता देवी प्रधान, बन्धु पोख्रेल, धर्मराज कोइराला, बाबु आचार्य, भगिरथ दाहाल, चीनकाजी श्रेष्ठ, सर्बज्ञ वाग्लेलगाएतका स्रष्टाले कविता, गजल तथा गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार मदन दिपविनले आफुले लेखेर २०२६ सालमा रेकर्ड गराएको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार तेजराज खतिवडा(तेराख)को अवस्थल नामक पुस्तक संस्थाका अध्यक्ष सर्बज्ञ वाग्ले, प्रमुख अतिथि मदन दिपविन तथा महिला साहित्यकार रितादेवी प्रधानले विमोचन गरे ।

उक्त कार्यक्रमको दोस्रो चरणमा कृति समीक्षा राखिएको थियो जसमा तेराखले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले २०४ औं भानु जयन्तीमा प्रकाशन गरेको संग्रह “समुन्द्र पारीका सृजनाहरू“को समिक्षा गरे भने तेराखको अवस्थल नामक पुस्तकको समिक्षा डा दुर्गा दाहालले गरे । लेखाविद् लक्ष्मण भण्डारीले वरिष्ठ साहित्यकार तेराखवारे आफ्ना धारणा राखे भने तेराखको उपन्यास सर्बजा र अवस्थल पढदा आफूलाई पारेको प्रभावका वारेमा रोचकसँग चर्चा गरे । कार्यक्रम संस्थाका कोषाध्यक्ष घनश्याम न्यौपानेको ब्यबस्थापन संयोजक भागिरथ दाहालको स्वागत मन्तव्य तथा वावु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार