‘मेरो मुटु’ मा एपीको निर्देशन, यस्तो बन्यो भिडियो

March 13, 2018

काठमाडौं । गायिका प्रकृति थलङको ‘मेरो मुटु…’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ, जसमा निराजन प्रधान र सोना पालुङुवाको प्रेमलाई चित्रण गरिएको छ ।

‘लभ सेन्टिमेन्ट’ यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक एमपीले एक प्रेमिल जोडीको अन्तरप्रेमभावलाई ‘सेन्टिमेन्ट’ रुप दिएका छन् ।

निराजनसँग केमेष्ट्रि मिल्ने देखिएकाले नै ‘मेरो मुटु…’का लागि यी जोडीलाई लिएको निर्देशक एमपी सुब्बाले बताए । फेसन डिजाइनर कमल मानन्धरको क्रियटिभ पहिरनले पनि भिडियोमा यी जोडी सुन्दर दिएको छ ।

बुद्धराज राईको शब्दरचना र कमल रसाइँलीको संगीत रहेको यस गीतको भिडियोलाई निर्देशक समेत रहेका फोटो पत्रकार नबिनबाबु गुरुङले खिचेका हुन् । गोदाबारी भिजेल रिसोर्टमा छायांकन गरिएको यस भिडियोलाई टेकेन्द्र शाहले रंगरगुन तथा सम्पादन गरेका हुन् ।

‘मेरो मुट…’ बोलको यो गायिका प्रकृतिको पछिल्लो गीत हो । ‘पुर्वाञ्चल सिंगिङ आइडल’समेत रहेकी प्रकृतिको यस गीतको भिडियोलाई जेटिए कम्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बाले निर्माण गरेका हुन् । गीत निकै मिठास लागेकाले म्युजिक भिडियोमा लगानी गरेको एसजे सुब्बाले बताए ।

सम्बन्धित समाचार