पचास लाख नेपालीका हातमा एमआरपी, राज्य कोषमा १९ अर्ब राजश्व

June 27, 2017

काठमाडौं । झन्डै ५० लाख नेपालीले मेसिन रिडेबल पासपोर्ट(एमआरपी) लिएका छन् ।

बितेका साढे छ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।
राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् ।

विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व सङ्कलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार