न्युयोर्कमा चलचित्र निर्देशक नवीन सुब्बाले स्क्रिप्ट लेखन प्रशिक्षण दिँदै

August 4, 2019

न्युयोर्कमा स्क्रिप्ट लेखन सम्बन्धी दुई दिने कार्यशाला तालिम हुने भएको छ । वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा स्रोत व्यक्ति रहेको उक्त तालिम यही अगस्टको १२ र १३ तारिक ज्याक्सन हाइटमा हुन लागेको तालिम संयोजक रोज लामाले बताए । कार्यशाला तालिम नेपाल अमेरिका फिल्म सोसाइटीले एभरेस्ट टाईम्सको सहयोगमा आयोजना गरेको हो ।

वरिष्ठ चलचित्र निर्देशक तथा स्क्रिनप्ले लेखक नवीन सुब्बाले धेरै चर्चित चलचित्र तथा वृत्तचित्रहरु निर्माण गरिसकेका छन् । सुब्बाले किङ अफ द हिल बृत्तचित्र (१९९५), खाङग्री लघु चलचित्र (१९९६), नुमाफुङ चलचित्र (२००२), दलन टेली सिरियल (२००५÷६), गुडबाई काठमान्डु चलचित्र (२०१७) लगायतका चर्चित कृतिहरु छन् । उनले गत वर्ष चर्चित टेलिसिरियल सिंहदरवार–२ को १४ भागमा पनि निर्देशन गरेका थिए ।

संयोजक रोज लामाका अनुसार तालिम दुबै दिन बिहान ८ बजे देखि २ बजेसम्म संचालन हुने र २५० डलर शुल्क तोकिएको छ । चलचित्र, लघु चलचित्र तथा वृत्तचित्रको स्क्रिप्ट लेखनका आधारभूत सैद्धान्तिक पक्ष र व्यवहारिक अनुभवमाथि छलफल गर्दै सहाभागीहरुको स्क्रिप्ट लेखन ज्ञान अभिवृद्धि गर्ने निर्देशक सुब्बाले बताए ।

सम्बन्धित समाचार