७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नाडा अटो शो भृकुटीमण्डपमा भदौ १६ बाट, ७१ वटा कम्पनी सहभागी हुने


१७ भाद्र २०७५, आइतबार  

0
Shares

काठमाडौं। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो यही भादो २६ गते देखि ३१ गते सम्म राजधानीको भृकुटीमण्डपमा  आयोजना हुने भएको छ ।

आईतवार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले पत्रकार सम्म्लनको आयोजना गरी जानकारी दिएको हो ।

सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराउने वातावरण श्रीजना गर्दै नेपाली अटो मोवाईल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार प्रशार प्रवर्धन गर्नु नाडा अटो शो मुख्य उदेश्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रदर्शनीमा १९ वटा ब्रान्डका ४-पाङ्ग्रे, २० वटा ब्रन्डका २-पाङ्ग्रे सवारी साधन साथै प्रख्यात ब्राण्डका सवारी साधन साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरु लगायत नेपालमै उत्पादित सामाग्रीहरु समेत रहने छ।

कार्यक्रममा नाडा अटो शो एउटा किनमेलको थलोको रुपमा मात्र नभई सुचनाको आदन प्रदान, बजार विश्लेषन तथा समग्र नेपाली अटोमोवाईल्स व्यावसायको समस्टिगत विकासलाई प्रस्तुत गर्न विश्वस्निय मंच समेत बन्ने आयोजक टिमको मुख्य लक्ष्य समेत रहेको बताए।

कार्यक्रममा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलाल, अन्जन श्रेष्ठ, निराकर श्रेष्ठ, धुर्व बहादुर थापा लगायत अन्यको उपस्थिति रहेको थियो।

६ दिन लाग्ने मेलामा यस बर्ष साना ठुला गरी १ सय ३४ वटा स्टलहरु हुने छन् भने ७१ वटा कम्पनीको सहभागिता रहने जानकारी गराए।

प्रदर्शनकक्षमा प्रवेश गर्न विद्यार्थी लाई १ सय ५० र साधारणलाई २ सय रुपैयाँ तोकिएको छ। साथै गोलाप्रथा बाट दिनमा एक जनाले ‘Coolpad Megha 2.5D’ मोबाइल जित्न सक्ने छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ५ : ३१ बजे