धुर्मुस–सुन्तलीले घोषणा गर्‍यो ‘नमूना नेपाल’ परियोजना [भिडियो]

June 5, 2017

काठमाडाैं । हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नमुना नेपाल परियोजना घोषणा गरेका छन् ।

सोमबार एक कार्यक्रम अायोजना गरी उनीहरूले करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरिएको हो ।

तीनवटा नमुना वस्ती निर्माण सफलताका साथ सम्पन्न गरिसकेका यस जोडीको यस महत्त्वाकांक्षी आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने आयोजना  भए पनि असम्भव नभएको बताए । उनले मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमरा भूसाललगायतले शुभकामना दिए ।

जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।

जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।

हेर्नुहोस भिडियोः

सम्बन्धित समाचार