नेपालीज अमेरिकन नर्स एसोसियसनकाे सेमिनार सम्पन्न

November 17, 2017

न्युयोर्क । नेपाली नर्सहरुको संस्था नेपालीज अमेरिकन नर्स एसोसियसन (नाना)ले न्युयोर्कमा पाँचौ बार्षिक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा भएको कार्यक्रममा नेपाल हुदै नर्सिङ क्षेत्रमा अध्ययन गर्दै आएका र यही अध्ययन गरेर नर्स भएकाले अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा ७ जना नर्सले आफ्नो अनुभव बाँडेका थिए भने ३ जना अतिथि बक्ताहरुले मन्तव्य दिएका थिए । युनिभर्सिटि अफ कनेटिकेटकी आरएन तथा मिडवाइफ पिएचडी गिता पिफावले अन्तर्राष्ट्रिय नर्सहरुलाई शिक्षाको अवसर र चुनौतिको बारेमा मन्तव्य दिइन् । त्यस्तै तिब्बतीयन नर्स एसोसियसनकी अध्यक्ष तेन्जिङ बाक्तोले हिमालयन समुदायमा संस्थाको महत्व, चुनौति र सहकार्यको बारेमा मन्तव्य दिएकी थिइन् ।

त्यस्तै नानाको सल्लाहकार दिपक काफ्लेले प्रवासमा नर्सिङ शिक्षाको अवसरसँगै संस्थाको महत्वबारे मन्तव्य दिएका थिए । कार्यक्रममा नानाकी अध्यक्ष ङिमा शेर्पाले प्रवासमा नर्सिङ क्षेत्रमा अध्ययन गरी कार्य गरिरहेको नर्सहरुबीच एकतासंगै अपासी समन्वयका लागि अनुभव आदानप्रदानका लागि सेमिनार आयोजना गरेको जानकारी दिइन् ।

उक्त अवसरमा नानाका सदस्यहरु ममता ढकाल, आङयांकी शेर्पा, पुरुष नर्स हरि जोशी र उपाध्याक्ष कृष्ण अमात्य, नानाका पुर्व अध्यक्ष सुनिता भण्डारी, कोषाध्याक्ष पुर्ण मर्हजनले नर्सिङ क्षेत्रको बारेमा आफनो अनुभव सुनाएका थिए । कार्यक्रममा करिब ७६ जना नर्स र यो क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति थियो । अध्यक्ष शेर्पाका अनुसार नानाले नेपालमा भूकम्प पीडितका लागि राहत सहयोग गर्नुका साथै नेपालमा भूकम्प पीडितहरुलाई स्वस्थ्य सेवा गर्दै आएको छ । त्यस्तै प्रवासमा नेपाली समुदायसँग मिलेर नानाले निःशुल्क स्वस्थ्य शिविर आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार