माझी बस्तीका लागि जन्मदिनमा नानीको एक लाख सहयोग

July 13, 2018

काठमाडौँ । रंगकर्मी नानी थापाले आफ्नो जन्मदिनका अवसरमा सिन्धुपाल्चोक दोलालघाटको एकीकृत नमुना माझी बस्ति निर्माणका लागि एक लाख सहयोग गरेकी छन् ।

उनको आफ्नो एकल नाटक जूनकिरीबाट संकलित रकम एकीकृत नमुना माझी बस्ती निर्माणका लागि सहयोग गरेकी हुन् ।

नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्कालाइ उक्त रकम हस्तान्तरण गरिएको हो ।

थापाले आफ्नो नाटक गत भदाै अन्तिम हप्ता ६ दिनसम्म र असोज ३ र ४ गते दुई दिन राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरेकी थिइन् ।

सम्बन्धित समाचार