दसैं मनाउन मातृभूमि जाँदा खर्चको भार

May 18, 2017

नारायण सापकोटा 

नेपालमा हुर्के बढेर अमेरिकालाई कर्मभूमि बनाएका नेपालीका लागि मातृभूमि फर्केर दसैं मनाउनका लागि चर्को खर्चको भार पर्ने गरेको छ । दसैं नजिकै आउ“दा पर्व मनाउन मन सधैं मातृभूमि पुग्छ । हरेक वर्ष दसैं मनाउन मातृभूमि जाने हो भने कर्मभूमिको आम्दानी अपुग हुन्छ ।
दुई, चार वर्षमा जन्मभूमि फर्कदा कर्मभूमिमा धेरै वर्ष कमाएको पु“जी एकपटक दसैं मनाउ“दा सकिन्छ । उता गएर फर्केंपछि भने दसैंं मनाउं“दा भएको खर्चले सेकेको ढाड सिधा पार्न पनि लामो अवधि नै कुर्नुपर्छ ।
अमेरिकामा रहेका नेपाली दसैं मनाउन मातृभूमि नेपाल जा“दा कम्तीमा २० हजार डलर खर्चका लागि छुट्याउनुपर्ने हुन्छ । यो त श्रीमानश्रीमती दुई जना नेपाल गएर फर्कंदाको खर्च हो । वच्चाहरु सहित आउने जानेका लागि यो खर्च अझै बढ्नेछ । यो पु“जी कतै लगानी गर्ने हो भने यसबाट भविष्यमा हुने आम्दानी अथाह हुनेछ । यो रकमले त बैंक ऋणमा घर किन्ने पु“जी नै पुग्छ । तैपनि पर्व मनाउन र आफन्तलाई भेटनका लागि धेरै समय लगाएर कमाएको पैसा खर्च गर्नुपर्ने वाध्यता छ । खर्च भन्दा पनि दसैं भावनात्मक पर्वका रुपमा जोडिएकोले यसलाई वेवास्ता गर्न सजिलो छैन ।
दसैंका लागि नेपाल उड्नु भन्दा तीन महिनाअघि नै जहाज टिकट लिईसक्नेलाई आउन जान एक जनाको ८ सय डलर भए पुग्थ्यो । अहिले टिकट लिनेलाई यो रकम १२ सय डलर भन्दा माथी जान्छ । न्यूयोर्क बाहेकका अन्य राज्यमा बसोवास गर्नेले प्राइभेट कार वाध्यात्मक रुपमा नै लिनुपर्ने हुन्छ । कार नभएमा काममा जान, आउन सम्भव नै हु“दैन । यसका लागि विमा शुल्क र कारको किस्ता बैंकलाई हरेक महिना बुझाउनुपर्छ । अझ नेपाल जाने वेलामा यस्तो कारलाई ग्यारेजमा राख्दा लाग्ने शुल्क समेत छुट्याउनुपर्छ । यसले पनि खर्च त बढाउने नै भयो ।
दसैंका लागि मातृभूमि जा“दा यहा“को घर भाडा तिर्नेपर्छ । काम भने छोडेर जानुपर्छ । केही नेपालीले केही साताको विदा पनि मिलाएका हुन्छन् । यस्ता नेपाली धेरै दिन नेपालमा बस्न सक्दैनन् । रोजगारी छोड्नुपर्ने, घरभाडा तिरिरहनुपर्ने, जहाजको टिकट किन्नुपर्ने, गिफ्ट किन्नुपर्ने र अन्य खर्च गर्नुपर्ने हु“दा कम्तीमा २० हजार डलरको भार पर्ने रहेछ एक पटक दसैं मनाउन मातृभूमि जा“दा । अझ अलि खुलेर आफन्तलाई गिफ्ट किन्दिने हो भने यो खर्च अझै बढ्नेछ ।
यसकारण कर्मभूमिबाट रहेक वर्ष माृतृभूमिमा दसैं मनाउन जाने आर्थिक सामथ्र्य अधिकांश नेपाली समुदायमा देखिंदैन । अत्यधिक खर्चका कारण धेरै जसो अमेरिकन नेपाली दसैं मनाउन चार, पा“च वर्षमा नेपाल जाने गरेका देखिन्छन ।
अहिले न्यूयोर्कमा सातामा पा“च सय डलरको आम्दानीलाई राम्रो मानिन्छ । यो आधारमा हरेक महिना दुई हजार डलरको हाराहारीमा आम्दानी हुन्छ । दुई जनाले काम गर्दा यो आम्दानी चार हजार पुग्छ । यसमा घर भाडा तिरेर वचत हुने भनेको अधिकतम १५ सय डलर हो । यसबाट पनि अन्य खर्च गर्नुपर्ने हुन्छ । अन्य खर्च नगर्ने हो भने वर्षभरिको वचत १८ हजार पुग्छ । हरेक वर्ष दसैं मनाउन श्रीमान श्रीमती मातृभूमि जाने हो भने वर्षभरिको कमाईले पनि नपुग्ने यसले देखाउ“छ ।
नेपाल जान लागेका नेपालीलाई उताका नातेदार र साथीभाईले सिधैं आईफोन, ल्यावटपको माग गर्ने रहेछन् । सवैलाई नलगे पनि केही नातेदारलाई यहा“देखि आईफोन, ल्यावटप लगायतका गिफ्ट वोक्नुपर्ने वाध्यता हुने रहेछ । धेरै नजिकका आफन्तलाई यो गिफ्ट नलग्दा दसैं नै खल्लो हुने डरले पनि केही नेपाली यस्ता गिफ्ट किन्दा रहेछन् । काठमाडौं पुगेपछि त्यहा“देखि गाउ“को घर सम्म साथीभाईलाई भेटघाट हु“दा गर्नुपर्ने खर्च त छ“दैछ ।
फेरि यही वेलामा ‘चन्दा’ सहयोगको प्रस्ताव पनि धेरैले नेपालमा फेस गर्नुपर्ने हुन्छ । अमेरिकामा बसेर कमाउनेले आफ्नो गाउ“ ठाउ“को लागि यति त सहयोग गर्नैपर्छ भन्नेहरु धेरै हुन्छन् । यो रकम पनि जोड्दा खर्च अझ धेरै माथि पुग्छ ।
दिनरात मिहेनत गरि कमाएको रकम एउटा दसैंले नै सक्ने त छंदैछ । फिर्ता आएपछि रोजगारी खोज्ने तनाव थपिनेछ । कर्मभूमिमा रोजगारी पाउन कठिन नभएपनि कस्तो र कहा“ पाईन्छ भन्ने ठेगान छैन । नेपालमा दसैं मनाएर फर्केपछि यो पिडाले झन सताउनेछ ।
केही नेपालीले नेपालबाट आमा वुवालाई यतै वोलाउ“दा रहेछन् । तर आमावुवालाई फेरि यता दसैं मनाए जस्तै नलाग्ने त छ“दैछ । यसो गर्दा उता अरु आफन्त आउजाउ गर्न नपाउने भए ।
दसैं पनि मनाउने र खर्च पनि यति धेरै नगर्ने उपाय के हुन सक्ला ? नेपाल नै नगई यतै दसैं मनाउनेको पिडा अर्कैंछ । काम गरिरहेको बेलामा सामाजिक सन्जालमा दसैंको शुभकामना आउ“दा मन चसस्क भएर विगतलाई सम्झन पुगिने रहेछ । विगतमा मातृभूमिमा दसैं मनाउ“दाका तस्वीर दिमागमा नाच्ने गर्छन । यसले यतै दसैं मनाउ“छु भन्नेलाई भावुक बनाउने गर्छ ।
यतै दसैं मनाउ“छु भनेर दसैंका दिनमा नै यसो साथीभाई स“ग जमघट गर्दा पनि उताको जस्तो स्वाद कसरी पाईन्थ्यो र ? यसो गफ गरेर चित्त बुझाउने मेलो मात्रै हुने रहेछ । दसैंका अरु दिन केही खानपीन गरेर वित्छ । टिकाको दिनमा भने आफन्त नहु“दा अझ खल्लो हुने रहेछ ।
आफ्ना मातापिताबाट टिका थापेर आशिर्वाद लिएकाहरु यता आएपछि अरुस“ग टिका लगाउन नचाहने रहेछन् । बरु आफ्नै छोरा छोरीलाई टिका लगाईदिएर दसैं सम्पन्न गर्ने रहेछन् । दिनभरि काम गरेर स्कुल गएका छोरा, छोरी घर फर्केपछि टिका लगाउनका लागि जसोतसो समय निकालेर दसैं सम्पन्न गर्ने नेपाली धेरै छन् ।
दसैं र तिहार नेपालमा राष्ट्रिय पर्व हो । देश, विदेशमा भएका नेपाली यो पर्वमा सकेसम्म स्वदेश फर्केर मनाउन चाहन्छन् । धेरै वर्ष सम्म भेट नभएकाहरु समेत यो पर्वमा नजिक हुन पाउ“छन् । मान्यजनबाट आर्शिवाद लिने प्रचलनले पनि यो पर्वलाई महत्वपूण बनाएको हो । हरेक वर्ष नेपाल जान नसक्नेले विदेशमै मनाउ“छन् । विदेशमै दसैं मनाउ“दा भने मन अलि खल्लो नै हुने रहेछ ।
यो पर्वका बेला अमेरिकास“गै विश्वभरबाट रेमिट्यान्स पनि नेपालमा धेरै जान्छ । उपभोगका लागि हुने खर्चले आर्थिक गतिविधि पनि चलायमान हुन्छ । तर विदेशमा बस्ने नेपालीका लागि आम्दानीको तुलनामा खर्च धेरै हु“दा यो वोझ बन्दै गएको छ । अझ अमेरिकाबाट सपरिवार नै नेपाल जा“दा धेरै खर्च हुने भएकोले केही वर्षको फरकमा मात्रै मातृभूमिमा गएर दसैं मनाउनुनै उत्तम विकल्प हो ।

–लेखक सेजनका पूर्व अध्यक्ष हुन् ।

सम्बन्धित समाचार