खुल्यो नारायणगण-मुग्लिङ सडक

June 23, 2017

काठमाडाैं । पहिरोको कारण अवरूद्ध नारायणगढ मुग्लिङ अन्तर्गत पृथ्वी राजमार्ग पुनः सञ्चालनमा अाएको छ । बिहीबार राती ९ बजे देखी बन्द भएको नारायणगढ-मुग्लिङ सडकमा खसेको पहिरो हटाएर शुक्रबार सांझ साढे ६ बजे देखि सवारी आवागमन खुला गरिएको हो।

उक्त सडकखण्डको मुग्लिङबाट नारायणगढ तर्फ ३ किलो मिटर र ४ किलो मिटरको दुरीमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको थियो।

सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको थियो ।

उक्त पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा बगाएको थियो । प्रहरी गाडीमा सवार असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गयो भने दुइजनाको अवस्था अझै अज्ञात रहेको छ ।

सम्बन्धित समाचार