| मेहेतालाइ भारत फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन |
|
|
काठमाडौ, ५ जेठ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको तीन दलको बैठकले भारत फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।
कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन गर्न उक्साएका थिए । स्रोतका अनुसार मेहताको क्रियाकलापलाई शिर्ष बैठकले नेपालको राजनीतीमा भारतीय कुटनितीज्ञले सोझै हस्तक्षेप गरेको ठहर गरेको हो ।
कन्सुलर मेहेताले बुधबार बारा र पर्सा जिल्लाका काँग्रेस, एमाले र मधेसी फोरमका नेताहरुसँगको अनौपचारिक रात्रीभेजमा 'जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी वेहरी ल्याउनुपर्छ । भनी भनेको बताईएको छ ।
त्यसैगरी बैठकले संसदमा जारी अवरोध खुला गर्न बृहद मधेसी मोर्चाका उपेन्द्र यादवसँग छलफल गर्न पनि निर्देशन दिएको छ ।
|
|
|
| सञ्चारमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको मधेसी सभासदको दावी |
|
|
काठमाडौ, ५ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रवार आफ्नो पार्टीमा मधेसबाट सहभागी सभासद, केन्द्रीय सदस्यहरुसँग विहान छलफल गर्नु भएको छ ।
प्रचण्ड निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा मधेसी केन्द्रीत सभासद तथा केन्द्रीय सदस्यहरुले प्रमुख तीनबीच भएको राज्यपुनर्संरचना बारेको सहमति र वास्तविकताको बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा माओवादी अध्यक्ष प्रचण्डले सञ्चार माध्यमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको र यसबारेमा के गर्ने भन्ने बारेमा दलहरुसँग कुराकानी भइरहेको बताउनु भएको माओवादी केन्द्रीय सदस्य रामरिजन यादवले जानकारी दिनुभयो ।
|
|
|
| नेपालका महिलाखेलहरुको भुमिका सराहनीय–नेम्वाङ |
|
|
काठमाडौ, ५ जेठ । संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङ्गले नेपालको विभिन्न आनदोलनमा नेपाली हरुले महिलाखेलेको भुमिका सराहनीय र प्रसंशनीय रहेको बताए ।
सभामुखको कार्यालय सिंहदरबारमा शुक्रवार नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौलाको नेतृत्वमा गएको टोलीले दिएको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङ्गले नेपालको विभिन्न ऐतिहासीक आन्दोलनमा नेपाली महिलाहरुले खेलेको भूमिका र दिएको योगदानको चर्चा गरे ।
सभामुख नेम्वाङ्गले तपाईंहरुले बुझएको ज्ञापन नेपाली महिलाहरुको हकअधिकार र सुरक्षाको लागि प्रभावकारी कुराहरु समेतीएको छ । यसलाई म अध्ययन गर्छु भन्दै ł यो अभियानमा तपाईंहरु अगाडी बड्नोस् यसमा मेरो पूर्ण सहयोग र समर्थन छ ।
ज्ञापनपत्रमा अब बन्ने संविधानमा नागरीकता सम्बन्धमा, महिला आयोगलाई अधिकार सम्पन्न, मौलिक हक, समाजीक सुरक्षमा राज्यको दायित्व, डण्डहिनताको अत्य, महिला विरुद्ध हिंसा, आर्थीक न्याय, अधिकार, लोककल्याणकारी व्यवस्था, स्वाथ्य, शिक्षा, आरक्षण, रोजगारी, भूमिअधिकार, सरकारी निकायमा महिलाहरुको समान सहभागिता लगायत विभिन्न माग समेटीएको छ ।
ज्ञापनपत्र बुझान नेपाल महिला संघका अध्यक्ष डा. डिला संग्रौला, केन्द्रिइ सदस्य निर्मला क्षत्री लगाय १५ जनाको सहभागता थियो ।
|
|
|
| नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्छ–गुरुङ |
|
|
काठमाडौ, ५ जेठ । राष्ट्रिय अखण्डता र हिन्दू राष्ट्र घोषणाको मागगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौ लगायत देशभरको जनजीवन प्रभावित भएकोछ ।
बन्दका कारण काठमाडौंमा सवारी साधन कम चलेका छन् । निजी सवारी साधन छिटफुट रुपमा चलेको भए पनि सार्वजनिक सवारीका साधन कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । बन्दको अवज्ञा गरेकोभन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले थसिखेलमा बा२ ख ४१७ नम्बरको बसमा तोडफोड गरेका छन् ।
अन्य केही सवारी साधनमा तोडफोड गरेको भए पनि क्षतिको विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले बन्द गर्दै हिड्ने राप्रपा नेपालका दुई सभासद चन्द्रबहादुर गुरुङ र कुन्ती शाहीलाई पक्राउ गरेको छ । त्यसैगरी करिब तीन दर्जन रापप्रा नेपालका कार्यकर्ताहरुसमेत पक्राउ परेका छन् ।
संघीयता खारेज गर्नुपर्ने र नेपाललाई हिन्दू राज्य घोषणा गरिनुपर्ने माग राख्दै शुक्रवार बन्दको आह्वान गरेको राप्रपा नेपालका सभासद चन्द बहादुर गुरुङले जानकारी दिनुभयो ।
सभासद गुरुङले जातीय आधारमा प्रदेश विभाजन गरिए देशमा साम्प्रदायिक दङ्गा सुरु हुने भएकोले तत्काललाई संघीयता नै खारेज गर्नुपर्ने बताउनुभयो ।
|
|
|
| अमेरिकी सरकारको सहयोग अगाडि बड्दै–डेलिसी |
|
|
काठमाडौ, ५ जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीवार विहान भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गर्नुभएको थियो ।
नेपाल नयाँ युगमा प्रवेश गर्दै गरेको र नेपाललाई सबै विदेशी मित्रले सहयोग गर्नुपर्ने र नेपालको आर्थिक उन्नतिमा अमेरिकी सरकारको सहयोग अगाडि बढाइने विश्वास राजदूत डेलिसीले अध्यक्ष दाहाललाई दिलाउनुभएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष दाहालले एमाओवादी पार्टीले जनताको पक्षमा संविधान निर्माण गर्दै देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
भेटमा राजदूत डेलिसीले एमाओवादी पार्टीलाई अमेरिका सरकारले केही समयभित्रै आतङ्ककारीको सूचीबाट हटाउने विश्वास दिलाउनुभएको थियो । भेटमा संविधान निर्माण, सहमतीय सरकार निर्माण तथा आर्थिक समृद्धिको योजना तथा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको दाहालका प्रेस संयोजक पौडेलले जानकारी दिनुभयो ।
|
|
|
| नयाँ संविधानमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग |
|
|
काठमाडौ ४ जेठ । लिग नेपाल शान्ति एकता पार्टीले नयाँ संविधानमा राष्ट्रिय एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग गरेको छ ।
बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृति बहुजाती नेपालीको साझा फूलबारीलाई संघीयताको नाममा खण्डिकृत गर्न खोजेको आरोप लगाउँदै अखण्ड नेपालका लागि नयाँ संविधानमा राजसंस्थाको स्थान सुनिश्चित हुनुपर्ने माग गरेको हो ।
बिहीवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले विदेशीको इसारामा ठूला ४ दलले रातारात मुलुक विखण्डन हुनेगरी ११ प्रदेश पास गरेको दावी गर्दै सहमति राष्ट्रको निम्ति घातक भएको बतायो । उसले ३ करोड नेपालीहरुको साझा फूलबारीको रुपमा अखण्ड नेपाल संवैधानिक राजसंस्था नै हुनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा लिग नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्रबहादुर बस्नेतले मुलुकका लागि राजसंस्था पनि एउटा शक्ति भएको दावी गर्दै कुनै पनि शक्तिलाई निषेध गरेर पार्टीहरु अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।
कसैलाई वाईपास गरे । बोल्न पाउने, खान नपाउने गणतन्त्र एक दिन समाप्त हुने दावी गदै उनले भने–हत्या, हिंसा, भ्रष्टाचार, गुण्डगर्दी, महंगी र अभावले चरम रुप लिएपछि जब नेताहरु असफल हुन्छन् तबमात्र अखण्ड नेपालका भरिपूर्ण सास फेर्न पाउने छन् ।
|
|
|
| बन्दविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने |
|
|
काठमाडौ, ४ जेठ । शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमन तिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमन तीर लैजाने गरी अराजक ढंगल बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीहरुले आब्हान गरेको अनिश्चित कालिन नेपाल बन्दकावीच रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उपस्थित मन्त्री टोपबहादुर रायमाझीले बन्द हडतालले शान्ति र संविधानको कामलाई असफल पारेर धमिलो पानीमा माछा मार्ने प्रतिगामी तत्वलाई मद्दत पुग्ने भन्दै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे ।
मन्त्री रायमाझीले शान्ति र संविधान भाड्न खोजीए त्यसका विरुद्ध अग्रगमन शक्तिहरु एक भए लाग्नु पर्ने बताए । उनले भने–बारम्बार बन्द गर्दा मुलुक प्रतिगामि धार तिर जान्छ । यो मुलुककोलागी घातक हुन्छ । तर असन्तुष्ठि पोख्नु आन्दोलन गर्नु अन्यथा होईन ।
दलहरुवीच भएको सहमति कसैको पक्षमा पनि नभएकोले सबै तिरबाट असन्तुष्ठि देखिएको भन्दै मन्त्री रायमाझीले कसैको पक्षमा पनि पूर्ण रुपमा शान्ति र संविधान नभएकोले नै राष्ट्रिय सहमति बन्न सकेको दावी गरे । उनले भने–कसैको पक्षमा भएको भए अर्को पक्षमा मार्कामा पर्दथ्यो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले यो सहमति र एकताको दस्तावेज हो । यो राम्रो भएको छ । अहिले असहमतिको विचबाट सहमति खोज्ने बेला हो ।
मन्त्री रायमाझीले कसैको पनि पूर्ण रुपमा पक्षमा सहमति नभएकोले प्रारम्भमा सबैको असन्तुष्ठि देखिएको उल्लेख गर्दै विस्तार सबैले यो सहमतिलाई मान्ने दावी पनि गरे ।
साक्षात्कारमा अर्का मन्त्री सूर्यमान गुरुङले आन्दोलन अराजक बन्दै शान्ति र संविधानमा अवरोध उत्पन्न गरेर सरकार चुप लागेर नबस्ने भन्दै सबै आन्दोलनलाई मिलाएर सरकार शान्ति र संविधानको पक्षमा अगाडि बढ्ने बताए ।
उनले अधिकार माग्ने बेला अहिलेनै भएकोले अहिले भईरहेका आन्दोलनहरु स्वभाविक भएको भन्दै आन्दोलनलाई अराजक बनाउन नहुने धारणा राखे ।
|
|
|
| तमलोपा सरकार छोडेर सङ्घर्षमा जाने निर्णय |
|
|
काठमाडौं, ४ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने बिहीवार निर्णय गरेको छ।
पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए ।
उनले तीनदलले गरेको सहमति मधेस आन्दोलनको मर्म विपरीत रहेको बताउँदै पार्टीले सरकार छोडेर सङ्घर्षमा जाने निर्णय गरेको छ भने ।
|
|
|
| एमालेको भागमा परेको मन्त्रालयको टुङगो लाग्यो |
|
|
काठमाडौ, ४ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलको जारी बैठकले नेकपा एमालेलाई दिने चार मन्त्रालयको टुङगो लगाएको छ ।
बिहीवार भएको बैठकले एमालेलाई एक उपप्रधानमन्त्री सहित परराष्ट्र , उर्जा, खेलकुद र कृषि मन्त्रालय दिने निर्णय गरेको छ। एमालेले शान्ति मन्त्रालयमा दावी गरे पनि सो विषयमा भने सहमति बन्न सकेको छैन ।
बैठकमा काँग्रेसले पाउने मन्त्रालयका विषयमा अहिले छलफल भईरहेको स्रोतले जनाएको छ ।
|
|
|
| कामै नगरि नक्कली विल वनाएर फछ्र्यौट |
|
|
काठमाडौ, ५ जेठ । स्थानीय शान्ति समिति कार्यालय रौतहटले दुईवटा शिर्षकमा आएको रकम काम नै नगरी नक्कली विल बनाएर फछ्र्योट गरेको खुलासा भएको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट जिल्ला शान्ति समिति रौतहटमार्फत कार्य सन्चालन गर्न पठाएको रकममा अनियमितता भएको हो । बारुदी सुरुङ विरुद्ध जनचेतना अभियानको एक लाख पचाँस हजार रुपौयाँ र स्थानिय शान्ति समितिको स्मारिका प्रकाशनका लागि पचाँस हजार पठाइएको थियो । तर स्थानीय शान्ति समितिका कार्यालय सहायक रामाकान्त प्रसाद गुप्ता र शान्ति समितिका पदाधिकारी मिलेर कामै नगरी नक्कली विल बनाएर फर्छयौट गरेको पाइएको छ ।
गत आ.व. ०६७ ०६८ मा नै मन्त्रालयबाट आएको रकमको बारेमा शान्ति समितिको बैठकबाट कुनै निर्णय नै नगराई जिल्ला प्रशासन कार्यालयबाट पेश्कि लिई कामै नगरी फछ्र्यौट गरी फाइल मन्त्रालयमा पठाएको शान्ति समितिका एक पदाधिकारीले बताएका छन् ।
|
|
|
|
|
|
Page 1 of 61 |