| तरकारी बजारमा आगलागीमा परि मृत्युभएका परिवारलाई तीन लाख दिईने | ||||
|
|
काठमाडौ, ३० फागुन । गत फागुण २० गते राती कालिमाटी थोक तरकारी बजारमा भएको आगलागीमा परि मृत्युभएका परिवारलाई तीन लाख रुपैया राहत दिईने भएको छ । एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा गएको डेलिगेसन टोलीलाई प्रधानमन्त्रीले त्यस्तो जानकारी दिएका हुन । मृतकका परिवारलाई कालिमाटी फलफुल तथा तरकारी विकास समितिले डेढ लाख र सरकारले डेढलाख रुपैया गरी तीन लाख क्षतीपूर्ति दिईने जानकारी प्रधानमन्त्री दिएको एमाले नेता गंगालाल तुलाधरले जानकारी दिए । सो आगलागमा परि ६ जनाको ज्यान गएको थियो । एमालेले प्रधानमन्त्रीसमक्ष घाईतेको उपचार, जाँचबुझ समिति गठन, आगलागी भएको स्थानको पुर्ननिर्माण गर्नु पर्ने, आगलागीमा नष्ट भएका तरकारी र फलफुलको क्षतीपूर्ति दिनु पर्ने लगायतको माग पनि राखेको छ । |
| पछिल्लो परिमार्जन ( मंगलबार, 13 मार्च 2012 13:19 ) |




