| जलविद्यतुको विकासबाट मात्रै नयाँ नेपाल निर्माण सम्भव–प्रधानमन्त्री | ||||
|
|
काठमाडौ, १ चैत । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान निर्माणपछि सरकारको सबै शक्ति आर्थिक विकासमा लगाउने बताउनु भएको छ । केही समयमा नै शान्ति र संविधान निर्माण पुरा हुने आश्वासन दिनुहुँदै प्रधानमन्त्री भट्टराईले त्यसपछिको ध्यान नेपालमो आर्थिक विकासका लगाउने बताउनुभयो । काठमाडौमा सुरु भएको जलविद्युत सम्मेलनको बुधवार उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले आर्थिक विकासका लागि जलविद्युत नै मेरुदण्ड भएकाले सरकार त्यसमा गम्भीर रहेको बताउनुभयो । प्रजातन्त्र प्लस हाड्रोपावर बराबर नयाँ नेपाल हुने भएकाले त्यो नारालाई सबेले ख्याल गर्नुपर्नेमा प्रधानमन्त्तीको जोड थियो । नेपालले विद्युत विकासका लागि वृहत कार्ययोजना बनाउन खोजीरहेको र यसअघि बनिसकेको ठूलो आयोजना पुरा गर्नेतर्फको सरकारको ध्यान केन्द्रित रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । नेपाल उद्योग वार्णिज्य महासंघ, भारतीय उद्यायोग परिसंघ सिआइआई, स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (इप्पान), भारतीय एक्जिम बैंक र आर्थिक पत्रकार समाज सेजनले संयुक्त रुपमा सम्मेलनको आयोजना गरिएको हो । सन् २०१२ र २०१३ लाई लगानी वर्ष घोषणा गरिएको सन्दर्भमा जलीवदुत्मा हुने लगानी पहिल्याउन सम्मेलन सहयोगी बन्ने आयोजकले जनाएका छन् । |




